अर्थ / वाणिज्य

Nepali Business & Economics News

वित्तकृषि

होमस्टेबाट मासिक लाख आम्दानी

मकवानपुर चित्लाङको ‘होमस्टे’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । राजधानीको धूलो र धूवाँबाट मुक्त हुन आन्तरिक र बाहय पर्यटक स्वच्छ र स्वस्थ वातावरण खोज्दै चित्लाङका होमस्टेमा पुग्ने गरेका छन् ।

होमस्टेबाट मासिक लाख आम्दानी

मह र मौरी बेचेर गाउँमै मनग्य आम्दानी

साउदी अरब र इराकमा एक दशक काम गरेर फर्केका मंगला गाउँपालिका कुहुँका गोविन्द केसीले मह र मौरी बेचेर वर्षमा १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

मह र मौरी बेचेर गाउँमै मनग्य आम्दानी

५ अर्बसम्मको विदेशी लगानी विभागबाटै

पाँच अर्ब रुपैयाँसम्मको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) उद्योग विभागबाटै स्वीकृति दिइने भएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकअनुसार पाँच अर्ब रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृति विभागले दिनेछ ।

५ अर्बसम्मको विदेशी लगानी विभागबाटै

पूर्वी पहाडमा हवाई सेवा सञ्चालनको माग

अलपत्र अवस्थामा रहेको विमानस्थललाई स्थानीयले पूर्वी पहाडको वैकल्पिक विमानस्थलको रूपमा प्रयोगमा ल्याउन माग गरेका छन् । राजधानीमा विमान ल्यान्ड गर्न पालो कुर्नुपर्ने अवस्था रहेकाले पूर्वी पहाडका उडानलाई सहज बनाउन विकल्पको रूपमा उक्त विमानस्थल प्रयोग गर्न सकिने जिकिर उनीहरूले गरेका छन् ।

पूर्वी पहाडमा हवाई सेवा सञ्चालनको माग

कर्मचारीले उठाउन थाले निकासी कर

पटकपटक आह्वान गर्दा पनि ठेक्का नलागेपछि जिल्ला समन्वय समितिका कर्मचारी आफैं निकासी कर संकलन गर्न थालेका छन् । मेची राजमार्गको सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोस्ट छेउमा बसेर संकलन सुरु गरेका हुन् । समितिले ढुंगा, गिट्टी र बालुवाको मात्रै संकलन थालेको छ ।

धान उत्पादन बढ्यो

गत वर्षहरूको तुलनामा यस वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि भएको छ ।