कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्वी पहाडमा हवाई सेवा सञ्चालनको माग

टीकाप्रसाद भट्ट

रामेछाप — अलपत्र अवस्थामा रहेको विमानस्थललाई स्थानीयले पूर्वी पहाडको वैकल्पिक विमानस्थलको रूपमा प्रयोगमा ल्याउन माग गरेका छन् । राजधानीमा विमान ल्यान्ड गर्न पालो कुर्नुपर्ने अवस्था रहेकाले पूर्वी पहाडका उडानलाई सहज बनाउन विकल्पको रूपमा उक्त विमानस्थल प्रयोग गर्न सकिने जिकिर उनीहरूले गरेका छन् ।

पूर्वी पहाडमा हवाई सेवा सञ्चालनको माग

अलपत्र अवस्थामा रहेको विमानस्थललाई स्थानीयले पूर्वी पहाडको वैकल्पिक विमानस्थलको रूपमा प्रयोगमा ल्याउन माग गरेका छन् ।

राजधानीमा विमान ल्यान्ड गर्न पालो कुर्नुपर्ने अवस्था रहेकाले पूर्वी पहाडका उडानलाई सहज बनाउन विकल्पको रूपमा उक्त विमानस्थल प्रयोग गर्न सकिने जिकिर उनीहरूले गरेका छन् । नागरिक उड्डयन प्राधिकरणले विकल्प खोज्दै गरेका बेला जिल्लावासीले यो धारणा अघि सारेका हुन् ।

सबै पूर्वाधार तयार भएको राजधानी नजिकैको उक्त विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्थासमेत मिलाइसकेको छ । खासगरी सोलु, भोजपुरलगायतका पूर्वी जिल्लामा मौसमका कारण विमान अवतरण गर्न नसकेको अवस्थामा यो विमानस्थललाई प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । काठमाडौंलाई कुहिरो ढाकेर उडान बन्द हँुदा लुक्ला खुलेको हुन्छ । काठमाडौंको आकाशमा कुहिरो फाट्छ, लुक्लालाई बादलले ढाकिसक्छ,’ रामेछाप विमानस्थलका प्रमुख केदार सत्याल भन्छन्, ‘त्यस्तो बेला यो विमानस्थललाई प्रयोग गर्न सकिन्छ ।’

सत्यालका अनुसार विमानस्थलमा टुइनअटर विमान उडान र अवतरण गर्न सक्छन् । उक्त विमानस्थलमा ४ वटा विमान एकैपटक पार्किङ गर्न सक्ने सुविधा छ । पूर्वमा पर्ने लुक्ला, फाप्लु, स्याङ्बोचे, काँगेलडाँडा, रुम्जाटार, लामीडाँडा, खानीडाँडा, भोजपुर, तुम्लिङटार र सुकेटार विमानस्थल पर्छन् । उक्त विमानस्थलमध्ये तुम्लिङटारमा मात्र ठूला जहाज अवतरण गर्न सक्छन् । स्थानीय नवराज ढुंगेल भन्छन्, ‘सबै हिसाबले पूर्वी नेपालको वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्न सकिने अवस्थामा छ ।’

निजी क्षेत्रको तारा एअरले हाल उक्त विमानस्थलबाट लुक्लाका लागि कार्गो उडान सञ्चालन गर्ने गर्छ । यात्रु सेवा सञ्चालन गर्नका बारम्बार माग भएपछि उक्त कम्पनीले हालसम्म उडान तालिका बनाएको छैन । विमानस्थल कालोपत्रे हुनुअगाडि भने सातामा एक दिन काठमाडौं उडान हुने गरेको थियो । ती उडानहरूमा यात्रुको संख्या कमी थिएन ।

ढुंगेल भन्छन्, ‘अहिले राख्दा पनि हुँदैन ।’

विमान कम्पनीले भने बीपी राजमार्ग खुलेपछि सस्तो भाडा तिरेर गाडीबाट ४ घण्टामा काठमाडौं पुगिने हुँदा हवाई यात्रु पाइँदैनन् कि भन्ने तर्क गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणको काठमाडौं टर्मिनलले पूर्वी क्षेत्रमा उडानमा रहेका विमानलाई इन्धन अभाव भएमा, यान्त्रिक समस्या आइपरे या मौसम बिग्रँदा यही विमानस्थलमा अवतरण गराउँदै आएको छ ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?