कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान उत्पादन बढ्यो

स्याङ्जा — गत वर्षहरूको तुलनामा यस वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय २४ टन धान उत्पादनमा वृद्धि भएको हो । १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाएको वर्षे धानको उत्पादन गत वर्ष ६४ हजार ४ सय ९८ टन उत्पादन भएको थियो भने यस वर्ष ६७ हजार ७ सय २२ उत्पादन भएको छ ।

कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले नियमित वर्षा भएसँगै धान रोपाइँमा उत्साह छाएका कारण किसानहरू यतिबेला सोचेजस्तै धान उत्पादन भएको प्रति खुसी रहेको बताए ।

कार्यालयका अनुसार यहाँको आँधीखोला, कालीगण्डकी, ज्याग्दीखोला किनार, गल्याङ, चापाकोट, वालिङ, पुतलीबजार र भीरकोट नगरपालिका, आँधीखोला, बिरुवा, हरिनाश, कालीगण्डकी, अर्जुनचौपारी गाउँपालिकालगायत स्थानहरू धान उत्पादन हुने पकड क्षेत्र मानिन्छन् ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?