कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हवाई भाडा बढ्यो

काठमाडौं — नेपाल आयल निगमले हवाई इन्धनलगायतको मूल्यमा बुधबार रातिदेखि ५ रुपैयाँ वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडामा इन्धन शुल्क बढाउने निर्णय गरेका छन् ।

हवाई भाडा बढ्यो

वायु सेवा सञ्चालक संघले मंगलबारदेखि इन्धन शुल्क वृद्धि गरिएको नयाँ भाडादरमा टिकट बिक्री गर्ने जनाएको छ । संघको सदस्य एयरलाइन्स सिम्रिकका प्रबन्धक प्रज्ज्वल थापाका अनुसार संघले सबैभन्दा धेरै इन्धन शुल्क काठमाडौं–धनगढीको रुटमा २ सय २० रुपैयाँ बढाएको छ ।

सुगम रुटमा सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ४५ रुपैयाँ बढेको छ । आन्तरिक उडानमा एयरलाइन्सहरूले यात्रुको टिकट शुल्कमा फेयर (भाडा), फयुल सर चार्ज (इन्धन शुल्क) र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक राखेका हुन्छन् । अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढेको हो ।

यदि हवाई इन्धनमा कम्तीमा प्रतिलिटर ५ रुपैयाँ घटे वा बढे इन्धन शुल्क पनि घटबढ हुने गर्छ । संघले नियमनकारी निकाय नागरिक उड्डययन प्राधिकरणको सहमतिमा मात्रै हवाई भाडा परिमार्जन गर्नुपर्ने नियम रहेको छ । निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएपछि अहिले ८७ रुपैयाँ पुगेको छ ।

प्रकाशित : मंसिर २४, २०७४ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?