सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्नुपर्छ : राणा

दुर्गालाल केसी

दाङ — उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने बताएकी छन् । तुलसीपुर उद्योग बाणिज्य संघको २५ औं स्थापना दिवसका अवसरमा सोमबार तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै राणाले सरकारले लगानी संरक्षण गर्ने नीति ल्याउनुपर्ने बताइन् ।

सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्नुपर्छ : राणा

‘व्यवसायी लगानी गर्न तयार छन् । सरकारले व्यवसायीक सुरक्षाको बातावरण निर्माण गर्नुपर्छ,’ उनले भनिन्,‘देशको आर्थिक विकास र समृद्धिका लागि व्यवसायीको भूमिका महत्वपूर्ण छ ।’ 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि देशमा संबिधान कार्यान्वयनको चरण शुरु भएको बताउँदै उनले अब व्यवसायी पनि आशावादी भएको बताइन् । ‘देशमा राजनीतिक स्थायित्व हुनेमा हामी आशावादी भएका छौं । 

अब आर्थिक विकासको ढाको खुलेको छ,’ उनले भनिन्,‘हामीलाई सहजरुपमा व्यवसाय गर्ने बातावरण अब बनोस् भन्ने चाहना छ । राजनीतिक स्थायीत्वले व्यवसायीक विकासमा पनि टेवा पुग्छ ।’

दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा । 
तस्विर: दुर्गालाल केसी/कान्तिपुर

प्रकाशित : पुस ३, २०७४ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?