२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
अर्थ / वाणिज्य

Nepali Business & Economics News

वित्तकृषि

‘सेलेरियो’ नेपालमा भित्रियो

सीजी मोटोकर्पले प्यासेन्जर कार ‘सेलेरियो’ को नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा भित्र्याएको छ । ‘द पर्फेक्ट फेमिली कार’ का रूपमा सार्वजनिक गरिएको ‘सेलेरियो’ मा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको कम्पनीले दाबी गरेको छ ।

 ‘सेलेरियो’ नेपालमा भित्रियो

विपन्न वर्गमा एक खर्ब लगानी

वाणिज्य बैंकहरूले हालसम्म विपन्न वर्ग क्षेत्रमा करिब १ खर्ब रुपैयाँ लगानी गरेका छन् । यो बैंकहरूको कुल लगानीको करिब ५.९६ प्रतिशत हो । बैंकहरूले कुल लगानीको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

पुस ३, २०७४

सहसचिव आचार्यलाई सचेत गराइयो

निमित्त सचिव भएको मौकामा कालोसूचीमा परेको स्पेनिस कम्पनी सानजोसेलाई अर्बौं रुपैयाँ फाइदा पुग्ने गरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई ११ बुँदे स्पष्टीकरण सोध्ने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई सचेत गराइएको छ ।

सहसचिव आचार्यलाई सचेत गराइयो

सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्नुपर्छ : राणा

उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने बताएकी छन् । तुलसीपुर उद्योग बाणिज्य संघको २५ औं स्थापना दिवसका अवसरमा सोमबार तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै राणाले सरकारले लगानी संरक्षण गर्ने नीति ल्याउनुपर्ने बताइन् ।

सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्नुपर्छ : राणा

चालु खर्च धान्न चर्को ब्याजमा ऋण

दैनिक कार्य सञ्चालनका लागि स्रोत अभाव भएपछि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर धमाधम आन्तरिक ऋण उठाइरहेको छ । आर्थिक वर्षको पाँच महिना नबित्दै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइएको छ ।

चालु खर्च धान्न चर्को ब्याजमा ऋण

बिमा कम्पनीका सीईओको तलब भत्तामा कडाइ

बिमा समितिले बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलबभत्ता तथा अन्य सुविधामा कडाइ गरेको छ । पछिल्लो समयमा बिमा कम्पनीहरूले सीईओलाई मनपरी ढंगले तलब सुविधा दिन थालेपछि समितिले कडाइ गरेको छ ।

निगमको ६ अर्बको सेयर आउँदै

नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ ।

भारतमा विद्युतीय सामानको भन्सार महसुल बढयो

भारत सरकारले घरेलु विद्युतीय उद्योगलाई बढावा दिन र बाहिरबाट आयातित उत्पादनको बिक्री घटाउने उद्देश्यले विद्युतीय उत्पादनहरू टेलिभिजन, मोबाइल फोन, वाटर हिटर र प्रोजेक्टरलगायतको भन्सार महसुलमा वृद्धि गरेको छ ।

भारतमा विद्युतीय सामानको भन्सार महसुल बढयो

मेगाले विपन्नका लागि ४ अर्ब लगानी गर्ने

मेगा बैंक नेपालले विपन्न वर्गका लागि चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ लगानी पुर्‍याउने बैंककी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताएकी हुन् ।

चुनावपछि २७ अंक घटयो नेप्से

प्रतिनिधि र प्रदेशसभाको चुनाव परिणामले स्थिर सरकार बन्ने स्पष्ट निर्देशन दिए पनि सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न सकेन । चुनावपछि एक दिनबाहेक सबै कारोबार दिनमा नेप्से घटयो । उक्त अवधिमा नेप्से करिब २७ अंकले तल ओर्लेको छ ।

कालीगण्डकीमा उत्पादन घटयो

कालीगण्डकी नदीमा जलस्तर घटेपछि कालीगण्डकी ‘ए’ आयोजनाको विद्युत् उत्पादन घटेको छ । आयोजनाले १ सय ४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको जनाएको छ ।