आइसरको ‘प्रो ८०३१’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौं — आइसर कम्पनीले ‘आइसर कन्स्ट्रक्ट २०७४’ को आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ टिप्पर ‘आइसर प्रो ८०३१ एक्स एम’ बजारमा ल्याएको छ ।

नेपाली बजारमा आइसरका बस, ट्रक, टिप्पर आदि इन्धन किफायती, बलियो र पावरफुल मनिँदै आएको कम्पनीको दाबी छ । टिप्पर सार्वजनिक कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्तराज बतास र प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आइसरका उत्पादनहरूमा लाइफ टाइम सेवा प्रदान गरिने बताएको जारी विज्ञप्तिमा छ ।

Yamaha

प्रकाशित : पुस ४, २०७४ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘सेलेरियो’ नेपालमा भित्रियो

कान्तिपुर संवाददाता

काठमाडौं — सीजी मोटोकर्पले प्यासेन्जर कार ‘सेलेरियो’ को नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा भित्र्याएको छ । ‘द पर्फेक्ट फेमिली कार’ का रूपमा सार्वजनिक गरिएको ‘सेलेरियो’ मा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको कम्पनीले दाबी गरेको छ ।

सीजी मोटोकर्पले प्यासेन्जर कार ‘सेलेरियो’ को नयाँ फेसलिफ्ट भर्जनहरू नेपाली बजारमा भित्र्याएको छ ।

‘द पर्फेक्ट फेमिली कार’ का रूपमा सार्वजनिक गरिएको ‘सेलेरियो’ मा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार ‘सेलेरियो’ मा परीक्षित तथा प्रमाणित अवार्ड विजेता ‘के१०’ इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दाबी गरिएको २३ दशमलव १ किलोमिटर प्रतिलिटर माइलेज दिने क्षमता रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिक नयाँ फेसलिफ्ट (परिस्कृत) कारहरूमा समयसापेक्ष नयाँ फ्रन्ट ग्रिल र स्टाइलिस फ्रन्ट बम्पर एसेम्ब्लीको प्रयोग गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । चारवर्षे वारेन्टी तथा ८ वटा नि:शुल्क सर्भिसिङ सुविधासहित उपलब्ध हुने कारको सुरुवाती मूल्य कम्पनीले २३ लाख ३९ हजार रुपैयाँ तोकेको जनाएको छ ।

प्रकाशित : पुस ४, २०७४ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT