कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एनआईसी एसियाको डिबेन्चर

काठमाडौं — एनआईसी एसिया बैंकले नेपाल धितोपत्र बोर्डले १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ‘एनआईसी एसिया डिबेन्चर २०८१/८२’ निष्कासन गर्ने भएको छ । बैंकका अनुसार उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

एनआईसी एसियाको डिबेन्चर

३ अर्बको ऋणपत्रको ८० प्रतिशत व्यक्तिगत तवरमार्फत र २० प्रतिशत (६० कराेड रुपैयाँ बराबरको) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्कासन गरिने जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्ष हुनेछ ।

प्रकाशित : पुस ४, २०७४ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?