२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पेट्रोल, डिजेल र मटितेलको भाउ बढ्यो

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत्
राजु चौधरी

काठमाडौं — नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यहाँ पनि समायोजन गरेको निगमले प्रस्ट पारेको छ । ‘भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल १ रुपैयाँ र मटितेलमा १ रुपैयाँले वृद्धि हुन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।’

पेट्रोल, डिजेल र मटितेलको भाउ बढ्यो

नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यहाँ पनि समायोजन गरेको निगमले प्रस्ट पारेको छ ।

‘भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल १ रुपैयाँ र मटितेलमा १ रुपैयाँले वृद्धि हुन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।’
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ, डिजेल ७८ रुपैयाँ र मटितेल ७८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय, डिजेल ७७ र मटितेल ७७ रुपैयाँ थियो । गोइतका अनुसार आइओसीले खुद्रा मूल्य बढाएकाले यहा मूल्य बढेको हो । नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ । डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको जनाएको छ
मूल्य समायोजनपश्चात् निगमको घाटा ११ करोड ३९ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएको भन्दै यथावत् राखिएको छ ।
हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय ५० रुपैयाँ छ । प्रतिलिटर हवाई इन्धन(आन्तरिक तर्फ) ८७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ०.८५० डलर छ ।

प्रकाशित : पुस ४, २०७४ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?