कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘बंगलादेशसँग एग्रेसिभ व्यापारको खाँचो’

पर्वत पोर्तेल

काठमाडौँ — नेपाल–बंगलादेश व्यापार सुरु भएको दुई दशकपछि सरकारले बंगलादेशसँगको व्यापारिक समस्याबारे चासो लिन सुरु गरेको छ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसालले बिहीबार सीमावर्ती झापाका उद्योगी व्यवसायीसँग व्यापार अभिवृद्धिका लागि छलफल गरे ।

‘बंगलादेशसँग एग्रेसिभ व्यापारको खाँचो’



त्यस अवसरमा राजदूत भुसालले नेपाल–बंगलादेश व्यापारमै बढी केन्द्रित भएको बताए । उनले बंगलादेशसँग ‘एग्रेसिभ’ व्यापारको खाँचो औंल्याए । आक्रामक ढंगबाट व्यापार गर्न नसक्दा नेपालले बंगलादेशसँगको व्यापारमा पाँच वर्षयता घाटा व्यहोर्नुपरिरहेको उनले सुनाए । ‘हामी व्यापारमा आक्रामक छैनौं,’ राजदूत भुसालले भने, ‘उनीहरू बढी नै आक्रामक भएर लागेका छन् ।’ अदुवा, चिया र अलैंचीलगायतका कृषिजन्य उत्पादनको माग बंगलादेशमा अत्यधिक रहेको पाइएको उनले सुनाए ।


नेपाल–बंगलादेश व्यापारका सम्भावना धेरै रहेको राजदूत भुसालले बताए । ‘भारतले उपलब्ध गराएको फुलबारी सडक चार लेनको बनेको छ,’ उनले भने, ‘भारत–बंगलादेश नाकामै ल्यान्ड कस्टम स्थापना गरिएको छ । त्यसैले निर्यातजन्य नेपाली वस्तुको संख्या वृद्धि गर्न जरुरी छ ।’


नेपाल–बंगलादेश व्यापार प्रवद्र्धनका लागि विगतमा पटक–पटक सचिवस्तरीय छलफलहरू भएका थिए । छलफलले केही नेपाली र केही बंगलादेशी वस्तुलाई शून्य भन्सार दर सुविधा उपलब्ध गराउने निर्णय भएको थियो । हालसम्म कार्यान्वयन हुनै सकेको छैन । सन् २०१२ सम्म बंगलादेशसँगको निर्यात व्यापार नेपालको पक्षमा थियो । हाल खस्कँदो छ । आयात दर बर्सेनि बढदो छ । नेपालबाट सीमित वस्तुहरू मात्रै निर्यात हुन्छन् । बंगलादेशबाट दुई दर्जन बढी वस्तु आयात भइरहेको छ ।


प्रकाशित : पुस ७, २०७४ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?