अर्थ / वाणिज्य
पुस ११, २०७४

नेप्से तीन महिना यताकै न्यून 

लगातार घटिरहेको नेप्से मंगलबार तीन महिनायताकै न्यून विन्दुमा झरेको छ । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनपछि एक दिनबाहेक सबै दिन घटेको नेप्से मंगलबार १ हजार ४ सय ४७.०४ विन्दुमा ओर्लेको हो । यो पछिल्ला तीन महिनायताकै न्यून हो ।

राष्ट्र बैंकको अनुमतिबिना विदेशी निकायको पुरस्कार वा सम्मान थाप्न नपाइने 

राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाइने भएको छ ।

टीबीआईलाई तामाकोसीको बाटो खुल्यो

टीबीआई होल्डिङ कम्पनीले ६ सय ५० मेगावाट क्षमताको तामाकोसी ३ जलविद्युत् आयोजनाको अध्ययन कार्य अघि बढाउने बाटो खुलेको छ । कम्पनीलाई दिइएको सर्वेक्षण लाइसेन्स कानुनविपरीत रहेको उल्लेख गर्दै परेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेशलाई कायम राख्नु नपर्ने आदेश दिएपछि आयोजनाको काम अघि बढाउने बाटो खुलेको हो ।

होङ्सी शिवम् सिमेन्ट निर्माण अन्तिम चरणमा

चीनबाट हालसम्मकै बढी लगानी भएको होङ्सी शिवम् सिमेन्टको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालको शिवम् सिमेन्ट प्रालिसँगको संयुक्त लगानीमा उद्योगले निर्माण थालेको एक वर्षमै उत्पादनको अन्तिम तयारी गरिरहेको हो ।

चीन जोडिन ९ किलोमिटर बाँकी

कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ । ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ र सिमकोटदेखि हेक्पा खोलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडीहरू आउजाउ गर्न थालेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

फास्टट्रयाक निर्माणमा समस्यैसमस्या

रणनीतिक महत्त्वको बहुचर्चित निजगढ–काठमाडौं फास्टट्रयाक आयोजना सरकारले आफैं निर्माण गर्ने निर्णय गर्दै वर्षअघि नेपाली सेनालाई जिम्मा दियो । त्यसबखत शून्य अवस्थामा रहेको राष्ट्रिय गौरवको यो आयोजना चार वर्षभित्र सक्न जिम्मा दिएपछि सेनाले निर्माणको काम सुरु गर्‍यो । तर, चाहे अनुसारको गति लिन नसकेको सेनाकै अधिकारीहरू बताउँछन् ।

जुत्ताचप्पलको प्रदर्शनी हुने

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका राजधानीको भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलमा १४औं जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरूको औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ ।

औद्योगिक क्षेत्र अध्ययन गर्न चिनियाँ टोली

औद्योगिक क्षेत्र निर्माणको अध्ययन गर्न चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरू नेपाल आइपुगेका छन् ।

राष्ट्र बैंकले रोक्यो हायर पर्चेज कर्जाको अनुमति

हायर पर्चेज कर्जा दिने कम्पनीहरूको नयाँ अनुमति राष्ट्र बैंकले स्थगित गरेको छ । हायर पर्चेजसम्बन्धी नीतिगत व्यवस्था पुनरावलोकन हुन लागेकाले केही समयका लागि पुरानो व्यवस्था स्थगित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हुन्डाई नेक्स्ड जेन ‘भर्ना’ लाई अवार्ड 

हुन्डाई नेक्स्ड जेन ‘भर्ना’ ले ‘इन्डियन कार अफ दि इयर (आईसीओटीवाई) २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ । राम्रो इन्जिनियरिङ, डिजाइन, कस्ट–इफेक्टिभनेस र उपभोक्ताको सन्तुष्टिका आधारमा ‘भर्ना’ लाई यो अवार्ड प्राप्त भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT
ADVERTISEMENT

कुमारीपाटीमा स्मार्ट सेन्टर

स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सुरु गरेको छ । ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न तथा सेवा सञ्चालन र उपभोगमा आउने समस्याको समाधान गर्न सेन्टर स्थापना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नदीजन्य सामग्रीमा विवाद

नदीजन्य सामग्रीको व्यवस्थापन र सञ्चालन विषयमा जिल्ला समन्वय समिति र स्थानीय निकायबीच विवाद हुन थालेको छ । समिति नदीजन्य सामग्रीको सञ्चालन आफैं गर्ने सोचमा छ भने स्थानीय निकायहरू आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै आएका छन् ।

मूल्य नतोकी उखु क्रसिङ

हरिवनस्थित इन्दुशंकर चिनी मिलले मूल्य नै नतोकी उखु क्रसिङ सुरु गरेको छ । किसान र उद्यमीबीच कम्तीमा क्विन्टलको ५ सय ३१ रुपैयाँ मूल्यको सहमतिपछि उखुको क्रसिङ सुरु भएको हो ।