कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मूल्य नतोकी उखु क्रसिङ

मिलले उखु खरिद गर्दा मूल्य उल्लेख नगरी किसानलाई भर्पाई
आयात हुने चिनीको भन्सार वृद्धि भए उखुको मूल्य बढाउन उद्योगी तयार
अमन कोइराला

सर्लाही — हरिवनस्थित इन्दुशंकर चिनी मिलले मूल्य नै नतोकी उखु क्रसिङ सुरु गरेको छ । किसान र उद्यमीबीच कम्तीमा क्विन्टलको ५ सय ३१ रुपैयाँ मूल्यको सहमतिपछि उखुको क्रसिङ सुरु भएको हो ।

मूल्य नतोकी उखु क्रसिङ

मिलले उखु खरिद गर्दा मूल्य उल्लेख नगरी किसानलाई भर्पाई दिने गरेको छ । उखु क्रसिङ गर्ने समय घर्किंदै गएकाले तत्काल मिल चलाउने सहमतिमा दुवै पक्ष पुगेका हुन् । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले खेतमै उखु सुक्ने अवस्था नहोस् भनेर तत्काल मिल चलाउने सहमति गरेको बताए । ‘हाम्रो माग कम्तीमा क्विन्लटको ५ सय ६२ रुपैयाँ कायम हुनुपर्छ भन्ने छ,’ उनले भने, ‘महँगी वृद्धि, उत्पादन लागत सबै दृष्टिकोणले उखुको मूल्य नबढाए किसानलाई नोक्सान हुन्छ ।’ उद्यमीले पनि विदेशबाट आयात हुने चिनीमा भन्सार वृद्धि गरे उखुको मूल्य बढाउने संकेत गरेका छन् । भन्सार वृद्धिका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको मैनालीले बताए । कृषि मन्त्रालयले समन्वय गरी भन्सार वृद्धिका लागि लेखापढी गरेकाले उखुको मूल्य बढ्नेमा ढुक्क रहेको मैनालीले सुनाए ।

हरिवनस्थित इन्दुशंकर चिनी मिलले क्रसिङ सुरु गरेको छ । धनकौलको अन्नपूर्ण सुगर मिल पनि चल्ने तयारीमा छ । जिल्लाभरि २२ हजार हेक्टर जमिनमा उखु खेती हुँदै आएको छ । वार्षिक करिब ८० लाख क्विन्टल उखु उत्पादन हुने गर्छ । उद्यमीले मूल्य नबढाए किसानलाई हुने नोक्सानबारे कहिल्यै नसोचेको पिपरियका किसान लालाबाबु यादवले बताए । ‘भाउ नबढे उखु खेतीबाट केही फाइदा हुँदैन,’ उनले भने, ‘चिनी मिलले किसानको पनि संरक्षण गर्नुपर्छ ।’

प्रकाशित : पुस ११, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?