१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोसक्याप अधिकारी काठमाडौंमा

काठमाडौँ — नागरिक उड्डयनका नियामक निकायसँग सरोकार राख्ने नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र मालदिभ्सका उच्च अधिकारी सम्मेलित दक्षिण एसियाली उडान सुरक्षा कार्यक्रम (कोसक्याप) को तीनदिने बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । 

कोसक्याप अधिकारी काठमाडौंमा

कोसक्याप कमिटीको यो २६ औं बैठक सदस्य मुलुकका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको हो । यो साझा संस्थाले बैठकमा यस क्षेत्रको उडान सुरक्षालगायतका विषयमा छलफल गर्ने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार सञ्चालक समितिमा सदस्यका रूपमा रहेका नागरिक उड्डयनका महानिर्देशकहरूले अघिल्लो वर्ष भएका कार्यको समीक्षा गर्नेछ । आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेटलाई पनि अनुमोदन गर्नेछ ।


भुटानको पारोमा मुख्यालय रहेको कोसक्यापको यस बैठकमा नागरिक उड्डयनका नियामक निकायका उडान सुरक्षा निरीक्षकहरू तथा वायुसेवा सञ्चालकका उडान सुरक्षासँग सम्बन्धित प्राविधिक जनशक्तिलाई दिइने तालिम, चेतनामूलक कार्यक्रम तथा विभिन्न प्राविधिक सहयोग मिसनमार्फत् उडान सुरक्षा सुपरिवेक्षणबारे छलफल हुनेछ ।


बैठकमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इआसा), अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए), डीजीएसी फ्रान्स, सीएए यूके, जहाज निर्माता कम्पनी एयरबस तथा बोइङलगायत उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय संघसंस्था पनि सहभागी छन् ।

प्रकाशित : पुस २६, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?