कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘अब आर्थिक समृद्धि’

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको एजेन्डा आर्थिक समृद्धि हुनुपर्नेमा बताएका छन् । 
राजनीतिक संक्रमणकाल अन्त भई मुलुकमा शान्ति स्थापना भएकाले अब आर्थिक एजेन्डामा जोड दिनुपर्ने उनले बताए ।

‘अब आर्थिक समृद्धि’

‘आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनुपर्छ,’ चेम्बर अफ कमर्सको ६७ औं वार्षिक साधारणसभा तथा चेम्बर दिवस २०७४ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने, ‘राजनीतिक संक्रमणकाल अन्त भएकाले अब आर्थिक एजेन्डामा जोड दिनुपर्छ ।’ सरकारले निर्यात वृद्धि गर्ने उद्योगी व्यवसायीहरूलाई सम्मान गर्ने परम्परा थाल्नुपर्ने बताए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेको गुनासो गरे । उनले कालोबजारी ऐन २०३२ लाई अन्य ऐनजस्तै खुला अर्थतन्त्रको परिवेश र आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताए । ‘व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने काम भएको छ,’ उनले भने, ‘खुला अर्थतन्त्रको परिवेश तथा आवश्यकताअनुरूप कालोबजारी ऐनलाई परिमार्जन गर्नुपर्छ ।’ निजी क्षेत्रको सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र विकास सम्भव हुने उनले बताए । निजी क्षेत्रको संवद्र्धन, संरक्षण गर्दै सरकार र निजी क्षेत्रबीच सेतुका रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चेम्बरको दाबी छ ।

मुलुकको विद्यमान संघीय संरचनाअनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पुर्‍याउने अभियानको शुभारम्भ अध्यक्ष श्रेष्ठले बताए ।


प्रकाशित : पुस २८, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?