कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तराईका बाढीपीडितलाई सात लाख डलर

काठमाडौँ — चीनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा बाढीले क्षति पुर्‍याएका तराईका सात जिल्लाका बाढीपीडितलाई सहयोग गर्न ४० लाख अमेरिकी डलर (४०.८५ करोड रुपैयाँ) उपलब्ध गराएको छ ।

तराईका बाढीपीडितलाई सात लाख डलर

यस सहयोगले प्रदेश नं.१ को सुनसरी र प्रदेश नं. २ का सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लाका ३१ हजार ८ सय घरधुरी लाभान्वित हुने जारी विज्ञप्तिमा उल्लेख छ ।


चीन सरकारले यो सहयोग २०७४ मा तराईमा आएको बाढीले गरेको ठूलो विनाश र विस्थापनलाई सम्बोधन गर्न उपलब्ध गराएको जनाएको छ । ‘गत साउनमा तराईका जिल्लाहरूमा ६० वर्षयताकै ठूलो वर्षामा १३४ जनाले ज्यान गुमाउनुको साथै ४३ हजार घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए,’ जारी विज्ञप्तिमा छ, ‘१ लाख ९२ हजार घरहरूमा आंशिक क्षति पुग्यो साथै हजारौ घरपरिवार विस्थापनमा परे । तराईको ८० प्रतिशतभन्दा बढी भूभाग डुबानमा पर्‍यो ।

प्रकाशित : पुस २८, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?