हेटौडा सिमेन्टद्धारा मुल्यवृद्धि

हेटौंडा — सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिवोरा सय रुपैयाँ भन्दावढी सिमेन्टको मुल्यवृद्धि गरेको छ । 

हेटौडा सिमेन्टद्धारा मुल्यवृद्धि

हेटौडा सिमेन्ट उद्योगको संचालक समितिको वैठकले प्रतिवोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिवोरा ९ सय १२ रुपैयाँ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगवाट डिलरलाई प्रतिवोरा ७ सय ९५ रुपैयामा विक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिदै आएको कमिशनमासमेत वृद्धि गरेको छ । प्रतिवोरा १० रुपैया कमिशन दिदै आएकोमा अव १५ रुपैया पुर्‍याएको छ ।


मुल्यवृद्धि गर्नु अघि उपभोक्ताले प्रतिवोरा ८ सय ३० रुपैयाँमा सिमेन्ट खरिद गथ्र्ये भने अहिले ९ सय ४० रुपैयाँ प्रतिवोरा सिमेन्टको मूल्य रहेको छ । ९ सय ४० रुपैयाँमा हेटांैडाका डिलरहरुले सिमेन्ट विक्री गरिरहेका छन ।


शिव्म,उदयपुरलगायत सिमेन्ट उद्योगहरुले सिमेन्टको मुल्यवृद्धि गरेको र कच्चा पदार्थहरुको मुल्यवृद्धि भएकाले वाध्य भएर हेटौडा सिमेन्ट उद्योगले पनि मुल्य वृद्धि गर्नु परेको संचालक समितीका अध्यक्ष रघुरमण न्यौपानेले वताए । ५० केजी बोराको शिव्मको प्रतिबोरा ९ सय १० रुपैया र उदयपुरको ९ सय ९ रुपैयाँ उद्योग मुल्य छ ।





प्रकाशित : पुस २९, २०७४ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?