कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एयरबस व्यापारमा रेकर्ड 

काठमाडौँ — एयरबस कमर्सियल एयरक्राप्टले सन् २०१७ मा आफ्नो व्यापारमा रेकर्ड तोडेको छ । ‘एयरबस’ अनलाइनका अनुसार अघिल्लो वर्ष उसले प्राप्त गरेको १ हजार एक ९ वटा अर्डरमध्ये ७ सय १८ वटा विमान बिक्री गर्न सफल भएको हो । 

कम्पनीले सन् २०१२ यताको ५ वर्ष अवधिमा २२ प्रतिशतले आफ्नो व्यापार वृद्धि गरेको जनाएको छ । सन् २०१२ मा ५ सय ८८ वटा बिक्री गरेको एयरबसले सन् २०१६ उक्त संख्या ६ सय ८८ मा पुर्‍याउन सफल भएको थियो । कम्पनीले गत वर्ष ‘ए३८०’ विमान १५, ‘ए ३५०’ विमान ७८, ‘एक ३३०’ एयरक्राप्ट ६७ वटा र ‘ए ३२० सीईओ’ ३ सय ७७ तथा ‘ए ३२० एनईओ’ १ सय ८१ वटा विक्री गरेको जनाएको छ । यसैगरी कम्पनीले ‘ए ३५० एक्सडब्लूबी’ को डेलिभरीले पनि रेकर्ड तोडेको जनाएको छ । ‘एयरबस’ का अनुसार उक्त एयरक्राप्ट सन् २०१४ मा एउटा मात्रै बिक्री गरेकामा सन् २०१५ मा १४ र २०१६ मा ४९ वटाको डेलिभरी गरेको थियो । सन् २०१६ देखि एक वर्षको अन्तरालमा ६० प्रतिशतले वृद्धि गर्दै सन् २०१७ मा ७८ वटा ‘ए ३५० एक्सडब्लूबी’ को डेलिभरी कम्पनीले गरेको ‘एयरबस’ अनलाइनले जनाएको छ । कम्पनीको ‘ब्याकलग’ ७ हजार २ सय ६५ पुगेको छ । योसँगै कम्पनीको एयरक्राप्टको मूल्यसूची एक दशमलव ०५९ ट्रिलियन डलर (१० खर्ब ५९ अर्ब अमेरिकी डलर) पुग्यो ।

मूल्यका आधारमा विश्वभरिको डेलिभरी तथ्यांक हेर्दा कम्पनीले आफ्नो उत्पादनको सबैभन्दा बढी एसियामा ३५ प्रतिशत, अमेरिकामा १६ प्रतिशत, युरोपमा १३ प्रतिशत र मध्यपूर्व एसियामा ५ प्रतिशत रहेको देखिन्छ । कम्पनीको वेबसाइटमा ‘लिजिङ’ मा ३१ प्रतिशतले डेलिभरी गरिएको उल्लेख छ । गत वर्ष ४४ उपभोक्ताहरूबाट १ हजार १ सय ९ वटा अर्डर प्राप्त भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?