कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन्तला जोन स्थापना

जाजरकोट — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जाजरकोटमा पनि सुन्तला जोन स्थापना भएको छ । कुशे गाउँपालिका आसपासका क्षेत्रमा उत्पादन हुने सुन्तलालाई विशिष्टीकृत बाली मानेर जोन स्थापना गरिएको हो । 

सुन्तला जात फलफूलको पकेट क्षेत्र मानिएको कुशेको दम्दाला, ढिमे, अर्छानी, भेरी नगरपालिकाको तिमिले, पोखरा, डिंगा र नलगाड नगरपालिकाको टट्टा, करुवालगायत स्थानलाई समेटेर जोन स्थापना गरिएको छ । चालु आर्थिक वर्षदेखि जोन कार्यक्रम सञ्चालन गर्नका लागि खलंगामा परियोजना इकाई कार्यालयसमेत स्थापना गरिएको छ । सुन्तला जोन कार्यक्रमले कुशे गाउँपालिका, भेरीको २ वडा र नलगाडको ३ वडा क्षेत्रलाई समेट्ने वरिष्ठ कृषि अधिकृत टंंकप्रसाद रिजालले बताए ।

जोन स्थापना गर्नका लागि कम्तीमा ५ सय हेक्टर र सुपर जोन सञ्चालनका लागि १ हजार बढी हेक्टर क्षेत्रफलमा विशिष्टीकृत बाली उत्पादन हुनपर्ने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपर जोन र जोन कार्यक्रम गत वर्षदेखि सुरु भएको हो । आगामी १० वर्षमा ३ सय जोन र २१ सुपर जोन स्थापना गर्ने सरकारी लक्ष्य रहेको रिजालले बताए ।

कार्यक्रमले सुन्तला जातका फलफूलको व्यावसायिक तथा गुणस्तरीय उत्पादन, कृषकलाई आत्मनिर्भर बन्न र बजारीकणकरणमा जोड दिने उनले बताए । परियोजनाले जोन क्षेत्रका किसानका लागि कृषि उत्पादन सामग्री वितरण, साना सिँचाइ पूर्वाधार निर्माण, प्राविधिक सेवा, प्रयोगशाला सेवा, कृषि बजार केन्द्र स्थापना, प्रशोधन तथा संकलन केन्द्र स्थापना, उत्पादन क्षेत्रको विकासलगायत कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रकाशित : माघ ४, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?