कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कम मूल्यमा चियापत्ती बिक्री

तेह्रथुम — जिल्लामै चिया प्रशोधन उद्योग नहुँदा किसानले प्रतिकेजी ११ रुपैयाँ नोक्सान खाएर हरियो पत्ति बिक्री गर्नुपरेको गुनासो गरेका छन् । जिल्लाबाहिर जाने हरियो पत्ती अहिलेको बजार मूल्यअनुसार न्यून रहेको किसानको भनाइ छ । 

जिल्लामा उत्पादन हुने ९० प्रतिशत हरियो पत्ती जिल्लाबाहिरका उद्योगमा प्रशोधनका लागि निर्यात हुने गरेको छ । धनकुटामा रहेको चिया प्रशोधन उद्याोगमा प्रतिकेजी ५६ देखि ७० रुपैयाँसम्ममा हरियो पत्ती बिक्री हुँदै आएको छ । तेह्रथुममा भने किसानले हरियो पत्तीको मूल्य प्रतिकेजी ५६ रुपैयाँ मात्र पाउँदै आएको सिंहदेवी चिया उत्पादक सहकारी संस्था सोल्माका व्यवस्थापक शंकर खनालले बताए ।


किसानले उत्पादित हरियो पत्ति धनकुटाको गुराँसे टि–स्टेटमा लगेर बिक्री गर्दै आएका छन् । धनकुटाको उद्योगले दिंदै आएको मूल्यमा हरियो पत्ति बिक्री गर्दा लागत मूल्य उठाउनसमेत मुस्किल परेको लालीगुराँस नगरपालिका ३ मुसाङखेलका चिया किसान चित्रबहादुर कार्कीले बताए । हरियो पत्तीको लागत मूल्य नै प्रतिकेजी कम्तीमा ६७ रुपैया पर्ने गरेको किसानको भनाइ छ ।

प्रकाशित : माघ ७, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?