१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सोमबारदेखि रसुवागढीबाट समान भित्रँदै

रासस

रसुवा — नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ । 

सोमबारदेखि रसुवागढीबाट समान भित्रँदै

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढिसकेको जानकारी प्राप्त भएको बताए । नेपालमा सामान पठाउने केरुङ क्षेत्रको ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले आइतबार मध्याह्नसम्म २०० नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भइसकेकाले भोलिदेखि नेपालमा सामान पठाइने बताए । उनका अनुसार भोलि बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान लोड गरिसक्ने लक्ष्य छ ।


नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामानलगायत रहेको ज्याङ्सेपिङले जानकारी दिए ।

प्रकाशित : माघ ७, २०७४ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?