कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश बनाउन फर्कनुस् : गभर्नर

लन्डन — राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आफ्नो देश आफैंले बनाउनुपर्ने भएकाले बेलायतबासी नेपालीलाई आफ्नो सीप, अनुभव र क्षमता स्वदेशमा खर्चन आहवान गरेका छन् ।

‘आफ्नो देश आफैंले बनाउने हो,’ दक्षिण कोरियाको उदाहरण दिँदै गभर्नरले आइतबार भने, ‘देश संघीयतामा गएको छ र यो ज्यादै खर्चिलो छ । चुनौतीबीच पनि हरेक क्षेत्रमा अवसर छ । उद्यमशीलता विकासका लागि सरकार र राष्ट्र बैंक जस्तोसुकै सहयोग गर्न तयार छन् । तपाईंहरू आउनुस् मिलेर देश बनाऔं ।’


नेपालमा मुद्रास्फीति दर कम हुँदै गएको र बजार सम्भावना अत्यधिक भएकाले लगानीका प्रशस्त अवसर विद्यमान रहेको उनले बताए । गभर्नर नेपालले मुलुक करिब ४ सय अर्ब व्यापार घाटा (पछिल्लो आँकडाअनुसार ४३१ अर्ब आयात, निर्यात ३३ अर्ब मात्र) मा रहेको जनाउँदै गत वर्ष १० अर्ब रुपैयाँको सागसब्जी भारतबाट आयात गरिएको, भारत चीनबाट ७ अर्बको फलफूल र चीनबाट २३ अर्बको चामल आयात गरिएको बताए । ‘के नेपाल पटक्कै उत्पादन नहुने ठाउँ हो त ?’ प्रश्न गर्दै उनले भने ।


उद्घाटनका क्रममा रसमोर मेयर सोफिया चौधरीले आफ्नो बरोमा नेपाली व्यवसाय थपिएकामा खुसी र बधाई दिँदै नेपाली समुदायले बेलायतको अर्थतन्त्रमा समेत योगदान गरिरहेको उल्लेख गरिन् ।


कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्बासे, रसमोरका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरू अलेक्स क्राफोर्ड र बिल विथर्स, बैंकका सीईओ जनक शर्मा पौडयाललगायतले बोलेका थिए ।

प्रकाशित : माघ ९, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?