ठेकेदारको ढिलासुस्ती

गोरखा — सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीले समयमा काम नगर्दा प्राथमिकताको आयोजना अलपत्र बन्ने भएको छ । लुइँटेल भन्ज्याङ–चित्रे पोखरी–भच्चेक सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे ठेक्का लिने लामा अमर जेभी र लामा कन्स्ट्रक्सले ढिलासुस्ती गरेको हो । 

आयोजनाको म्याद सकिन लाग्दासमेत धिमा गतिमा काम भइरहेको छ । ३०.५ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने ठेकेदार कम्पनीले ३० प्रतिशत काम गर्न अझै बाँकी छ । ‘तोकिएकोमध्ये बल्ल ७० प्रतिशत काम सकियो,’ आयोजना प्रमुख तथा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर होमनाथ पौडेलले भने ।

प्रकाशित : माघ १०, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?