कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पेट्रोलियमको अवैध निकासी

भैरहवा — नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी भएपछि यताबाट पेट्रोलियम पदार्थको अवैध निकासी हुन थालेको छ । पश्चिम तराईका रूपन्देही, कपिलवस्तु र नवलपरासीका सीमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो ।

भारतसँग सिमाना नजिक रहेका ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट ग्यालेन भरेर व्यक्तिले र सहरमा रहेका पेट्रोल पम्पबाट नेपालमा सामान ढुवानी गरी फर्केका रित्ता भारतीय मालबाहक ट्रक तथा सवारी साधनले टयांकी भरेर फर्किने गरेका छन् । कानुनी समस्या र ठूलो जनशक्तिको आवश्यकता पर्ने भएकाले यस खालको अवैध निकासी नियन्त्रण गर्न भने नेपाल आयल निगम र स्थानीय प्रशासनलाई चुनौती बनेको छ ।


‘कुनै वस्तुको मूल्यमा परिवर्तन हुनासाथ सीमावर्ती बजारमा यसको असर पर्ने गर्छ,’ रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालय प्रमुख अशोक साहले भने, ‘मूल्य फरकले गर्दा हुने पेट्रोलियम पदार्थको अवैध निकासी नियन्त्रण गर्न स्थानीय प्रशासनसमक्ष आग्रह गरेका छौं ।’

प्रकाशित : माघ १०, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?