‘अब निजी क्षेत्रको नेतृत्व’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले अब मुलुकको आर्थिक विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएकी छन् ।

उनले भनिन्, ‘निजी क्षेत्रले मुलुकलाई आर्थिक विकासको एकल सूत्रमा अगाडि बढाउन सरकार, राजनीतिक दल र सरोकारवाला सबै निकायलाई निरन्तर दबाब दिइरहनेछ ।’ महासंघले आगामी फागुनमा आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका विषयमा जानकारी गराउन सोमबार महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘स्थानीय तहमा रहेको सम्भाव्यताको उजागर गर्न, घरघरमा उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक छ ।’

प्रकाशित : माघ १७, २०७४ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?