कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनमार्फत गरिबी न्यूनीकरण

रासस

विराटनगर — मोरङ जिल्लामा रहेको सामुदायिक वनमार्फत गरिबी न्यूनीकरणका कार्यक्रमबाट सर्वसाधारणको जीवनस्तरमा सुुधार आउन थालेको छ ।

वन सुुधारका लागि सरकारका तर्फबाट सामुुदायिक वन उपभोक्ता समिति गठन गरेर वन हस्तान्तरण गरेसँगै गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालनमा आएको हो ।


राष्ट्रिय वनको आसपासमा बसोबास गर्ने गरिब तथा पछाडि परेका समुुदायलाई लक्षित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक हैसियत सुुधारका लागि सामुुदायिक वनले गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालनमा ल्याएका हुन् ।


सामुुदायिक वनले लिलामी भएको काठ दाउराबाट आएको रकम कोष बनाएर जम्मा गर्ने र कोषमा जम्मा भएको ३५ प्रतिशत रकम गरिबी न्यूनीकरणका लागि खर्च गर्ने गर्दै आएका छन् । जिल्ला वन कार्यालयका प्रमुुख विनोदप्रसाद देवकोटाले सामुुदायिक वनले गरिबी न्यूनीकरणका लागि वन पैदावारमा आधारित आयमुुलक कार्यक्रमलाई महत्त्व दिनुुपर्नेमा जोड दिए ।


विराटनगर महानगरपालिकाबाहेक मोरङ जिल्लाका सबै नगरपालिका तथा गाउापालिका सामुुदायिक

वन र साझेदारी वनसँग जोडिएका छन् । वनको उपयोग गरेबापत वनको सुुधार तथा खाली ठाउँमा वृक्षरोपण गरेर वनलाई व्यवस्थित बनाउन पनि उपभोक्ता सक्रिय छन् ।

प्रकाशित : माघ २९, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?