एमओएममा गोर्खा वियरले ठाउँ पायो

कान्तिपुर संवाददाता

काठमाडौँ — गोर्खा वियरको मिनिमल अनलाइन क्याम्पियनलाई भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्स्टाग्राम पेज र वेभसाइट)मा स्थान दिएको छ ।

गोर्खा बियरले सैनिकको व्यक्तित्व र चरित्र झल्किने सामग्रीसहितको क्याम्पियन सञ्चालन गरेको थियो। गोर्खा अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एमओएमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको उक्त कम्पनीले दाबी गरेको छ।

प्रकाशित : फाल्गुन २, २०७४ १७:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एकताको विषयलाई अन्तिम रुप दिन एमाले-माओवादी असफल, भोलि पुन: बैठक

कान्तिपुर संवाददाता

ललितपुर — पार्टी एकताको विषयलाई अन्तिम रुप दिन भन्दै बुधबार बसेको एमाले-माओवादी बैठक बिनानिष्कर्ष सकिएको छ ।

ललितपुरको मानभवनमा बसेको पार्टी एकता संयोजन समिति बैठक बिहीबार पुन: बस्ने गरी टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार शीर्ष नेताले प्रस्तुत गरेको एजेन्डामा गम्भीर र सकारात्मक छलफल भएको छ। उनले भोलि थप छलफल गरेर अन्तिम रुप दिइने बताए।

एकता संयोजन समितिको बैठक अघि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो।

श्रेष्ठका अनुसार एकीकृत पार्टीको वैचारिक राजनीति विषय, संगठनात्मक संरचना र सरकार गठनलगायत विषय छलफल भएको थियो। निर्वाचन आयोगले राष्ट्रियसभाको सभानुपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाएकोले नयाँ सरकार गठनको बाटो खुलेको छ। नेता श्रेष्ठले भोलिको बैठकमा सरकार गठनबारे पनि छलफल हुने जानकारी दिए।

मानभवनमा रहेको शारदा अधिकारीको घरमा अपराह्न करिब ५ बजेदेखि संयोजन समिति बैठक बसेको थियो। एकीकृत पार्टी संयुक्त नेतृत्व प्रणालीमा अगाडि लैजानेमा दुवै पार्टीका नेताहरु करिब सहमत भइसकेका छन्।

सरकार गठनअघि नै पार्टी एकता घोषणाको तयारीमा रहेका एमाले-माओवादीले बुधबार दिउँसो पनि आन्तरिक गृहकार्य गरेका थिए। एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो। साथै बैठकमा पार्टी एकताको प्रगतिबारे ओलीले ब्रिफिङ गरेका थिए।माओवादीको पनि केन्द्रीय कार्यालय बैठक बसेको थियो।

प्रकाशित : फाल्गुन २, २०७४ १७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT