परिसूचक बढे पनि कारोबारमा कमी

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले वृद्धि भयो । यो वृद्धिलाई देखेका लगानीकर्ता उत्साही छन् । तर, न्यून कारोबार रकमका आधारमा नेप्सेको वृद्धिले निरन्तरता पाउनेमा शंका गर्न सकिन्छ । बजार परिसूचक घट्दा वा बढ्दा उल्लेख्य परिमाणमा कारोबार भए मात्र घट्ने वा बढ्ने प्रवृत्तिले निरन्तरता पाउने जानकार बताउँछन् । 

परिसूचक बढे पनि कारोबारमा कमी

यो साता बजारमा करिब ३७ लाख कित्ता सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबारमा आएको सेयर संख्या घटेको हो । गत साता करिब ४२ लाख कित्ता सेयर किनबेच भएको थियो । यो साता १६ हजार ६ सय ३८ कारोबारबाट ३७ लाख ९२ हजार ४ सय ७० कित्ता सेयर खरिदबिक्री भए । ती खरिदबिक्रीबाट १ अर्ब ५४ करोड रुपैयाँ परिचालन भएको थियो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो ।


नेप्से परिसूचक करिब ३४ अंकले बढयो । आइतबार १ हजार ३ सय ८४.७१ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार ४ सय २४.९५ अंकमा पुगेको छ । साताको पहिलो दिनको तुलनामा भने परिसूचक ४०.२४ अंकले बढेको देखिन्छ । यो साता अन्तिम दुई कारोबार दिन (बुधबार र बिहीबार) नेप्से बढयो । बुधबार साढे ८ अंकले बढेको नेप्से बिहीबार साढे ३६ अंकले उकालो लागेको थियो । नयाँ सरकारको गठनसँगै अन्तिम दिन सेयर बजार पनि उच्च दरले बढेको हो ।


प्रतिनिधि र प्रदेश सरकारको निर्वाचनपछि वाम गठबन्धनबाटै सरकार बन्ने निश्चित भए पनि सरकार गठनमा ढिलाइ भएकाले बजारले गति लिन सकेको थिएन ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?