कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लात्भियाका केन्द्रीय बैंक प्रमुख पक्राउ

एजेन्सी

काठमाडौँ — युरोपेली मुलुक लात्भियाको केन्द्रीय बैंकका प्रमुख भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । मुलुकमा भ्रष्टाचारविरुद्ध सक्रिय ‘करप्सन प्रिभेन्सन ब्युरो’ ले त्यहाँका केन्द्रीय बैंक प्रमुख इल्मार्स रिम्सेभिक्सलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

ब्युरोका अधिकारीले उनको घर र बैंकको कार्यालयमा छापासमेत मारेको छ । ब्युरोले यसबारे थप जानकारी तत्कालै सार्वजनिक गरेको छैन । यो घटनापछि लात्भियाली प्रधानमन्त्री म्यारिस कुकिन्सकिसले सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । ‘यो घटनाबाट मुलुकको वित्तीय प्रणालीमा कुनै प्रभाव पर्ने संकेत देखिँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीका रूपमा म र सरकारी कर्मचारीबाट समेत कुनै हस्तक्षेप हुने छैन ।’ ‘दि बैंक अफ लात्भिया’ ले ब्युरोको पछिल्लो कदमबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गर्दै भ्रष्टाचार र अन्य गैरकानुनी कामविरुद्धको अभियानमा आफूले ‘शून्य सहनशील नीति’ अवलम्बन गर्ने जनाएको छ । केही महिनायता लात्भियाका बैंकहरूमा ब्युरोले गहन अनुसन्धान थालेको छ ।


सन् २०१७ को जुलाईमा दुई बैंकलाई अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियामा आफ्ना ग्राहकमार्फत रकम पठाउन छुट दिएकामा दोषी ठहर गर्दै जरिमानासमेत तिराएको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?