३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नुवाकोट मासुमा आत्मनिर्भर

कान्तिपुर संवाददाता

नुवाकोट — पशुपन्छीपालन गर्ने व्यवसाय बढेपछि नुवाकोट मासुमा आत्मनिर्भर बन्दै गएको छ । व्यवसायीहरूले कुखुरा र बाख्रापालनमा वृद्धि हुन थालेपछि मासु उत्पादनमा वृद्धि हुँदै गएको हो ।

यहाँका ब्रोइलर कुखुरा व्यवसायी तथा पोल्ट्री व्यवसाय संघका सदस्य कृष्णहरि गजुरेलले जिल्लाभित्र खपत भएको मासु बाहिर बिक्री हुने गरेको बताए । ‘यहाँ बढी भएको बाहिर बिक्री गर्छाैं’, उनले भने, ‘जिल्ला मात्र खपत गर्न सकिन्न । उत्पादित कुखुरा काठमाडौंमा बिक्री वितरण हुने गरेको छ ।’ जिल्लाको बजारलाई दैनिक १ देखि २ हजार कुखुरा चाहिने उनले बताए । ‘त्यसभन्दा बढी मासु बाहिर जान्छ,’ व्यवसायी गजुरेलले भने । उनले १२ वर्षअघि ३ सयवटा चल्लाबाट व्यवसाय थालेका हुन् । अहिले २ हजार ५ सय कुखुरा छ । वार्षिक सालाखाला ४–६ लटसम्म निकाल्छन् । यति लट निकाल्न धेरै मिहिनेत चाहिने उनले बताए । जिल्लामा करिब ३ सयवटा फर्म छन् ।


विदुरका धनेश्वरी दाना व्यवसाय गर्दै आएका इन्द्र न्यौपानेले कुखुरापालक व्यवसायीले समयमा चल्ला र दाना पुर्‍याउन सकेमा मासु बाहिर जिल्लाबाट ल्याउनु नपर्ने बताउँछन् ।


सहरी क्षेत्र जग्गा भएका ठाउँमा कुखुरा र गाउँमा बाख्रापालन व्यवसाय पनि फस्टाएको छ । बाख्रापालन व्यवसाय गर्दै आएका ककनी–३ चाउथे घुमाउनेडाँडा कृषि तथा पशुपालन फर्मका अध्यक्ष जीवन धितालले २ सय बाख्रा पालेका छन् । उनी खसी र बोका बिक्री गर्छन् । मासुका लागि गाउँमै उनको खसी र बोका बिक्री हुन्छ भने बढी भए काठमाडौं बिक्री गर्ने बताए । बाख्राका लागि चरिचरन, डालेघाँस र स्याहार चाहिन्छ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?