कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँड

सी आस्वा अनिवार्य भएपछि २ दिनमै बाँडफाँड
कान्तिपुर संवाददाता

काठमाडौँ — आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर बाँडफाँड भएको छ । यो कम्पनीको सेयर आवेदन दिने दिन सकिएको दुई दिनमै बाँडफाँड भएको हो । सीडीएस एण्ड क्लियरिङले बुधबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँड

यो कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । कम्पनीका अनुसार परेको आवेदनमध्ये २७ हजार ४८ जनाले प्रति १० कित्ताका दरले सेयर पाएका छन् ।


कम्पनीले यही फागुन १५ देखि २१ गते सम्म सर्वसाधारणका लागि सेयर जारी गरेको थियो । सीडीएस एण्ड क्लियरिङले सी आस्वा (सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा बेस्ड इस्युआन्स) अनिवार्य गरेपछिको यो पहिलो बाँडफाँड हो । सीडीएसले यही फागुन ११ गते देखि सी आस्वा अनिवार्य गरेको थियो ।


सि–आस्बा प्रणाली मार्फत सेयर आवेदन भर्दा सम्पूर्ण तथ्यांक सीडीएसको कारोबार प्रणालीमा सिधा प्रविष्टि(इन्ट्री) हुने भएकाले निष्कासन बन्द भएपछि पुन: प्रविष्टि गर्नु पर्ने हुँदैन । यसकारण आवेदन दिने मिति सकिएको ३७ घण्टा भित्रै सेयर बाँडफाँड भएको भएको हो । यसअघि सेयर आवेदन बन्द भएको एक देखि डेढ महिनाभित्र बाँडफाँड हुदै आएको थियो ।


कम्पनीले सर्वसाधारणका लागि २ लाख ७० हजार ४ सय ८० कित्ता सेयर जारी गरेको थियो । उक्त सेयरका लागि १ लाख ८६ हजार ३८ जनाले १ करोड १८ लाख ७८ हजार ७ सय ५० कित्ता सेयरका लागि आवेदन हालेको थिए । यो कुल जारी सेयरको करिब ४४ गुणा बढी हो ।


सी आस्वा लागु भएपछि प्राथमिक सेयरमा लगानी गर्दा लामो समयसम्म लाइनमा बस्नुपर्ने र पैसा होल्डमा रहने समस्या अब हटेको छ । सि–आस्बा प्रणाली मार्फत सेयरमा आवेदन दिने प्रणाली लागु भएपछि यो सम्भव भएको हो ।

प्रकाशित : फाल्गुन २३, २०७४ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?