कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप सफारीमा आकर्षण

कान्तिपुर संवाददाता

चितवन — पर्यटकीय नगरी सौराहामा आउने पर्यटकमध्ये करिब ७० प्रतिशतले जिप सफारीबाट चितवन निकुञ्ज घुम्ने गरेका छन् ।

जिप सफारीमा आकर्षण

सुरक्षित र सहज रूपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जिप सफारीमा पर्यटकको आकर्षण बढेको हो । संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टीका गिरी बाघ, गैंडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जिप सफारी उत्कृष्ट अवसर भएको बताउँछन् । जिप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, खुला खोरमा राखिएको अर्ना तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैंडाको बासस्थान हो ।

बिसहजारी ताल, इचर्नी टापु, खोरसोर, बाघमारा वन, दुधौरा, कछुवानी र पूर्व कुमरोजमा पनि गैंडा देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा करिब ६० वटा गैंडा अभिलेख गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठक बताउँछन् । सौराहामा आउने पर्यटक हात्ती र जिप सफारीमा बढी रमाउँछन् । सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका बासस्थान, नदी तटीय वन र सालका जंगल एकै साथ अवलोकन गर्न सकिने भएकाले सौराहाको जिप सफारी महत्त्वपूर्ण हुने बाघ संरक्षण उपसमिति सौराहाका अध्यक्ष जितु तामाङको भनाइ छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?