कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्युचुुअल फन्डको भाउ घट्यो

रासस

काठमाडौँ — धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फन्डमध्ये साताको प्रतिएकाइ मूल्य बजार मूल्यभन्दा कम रहेको छ ।

म्युचुुअल फन्डको भाउ घट्यो

म्युचुअल फन्डको प्रतिएकाइको मूल्य १० रुपैयाँ हो । बजारमा भने सात म्युचुअल फन्डका एकाइहरूको कारोबार १० रुपैयाँभन्दा कममा हुने गरेको छ ।

नेपाल स्टक एक्स्चेन्जमा सूचीकृतमध्ये छवटा फन्डको मात्रै प्रतिएकाइ बजार मूल्य अंकित मूल्यभन्दा माथि छ । बजारमा सन्तुलन कायम गर्न फन्डहरू ल्याइएका हुन् । सेयर बजारमा आएको निरन्तर गिरावटले म्युचुअल फन्ड स्वयं प्रभावित भएका हुन् ।

स्टक एक्सचेन्जमा सूचीकृतमध्ये सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिएकाइ मूल्य २० रुपैयाँ रहेको छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्किम हो । दोस्रोमा नबिल ब्यालेन्स फन्ड रहेको छ । यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा छ । तेस्रोमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड रहेको छ । उक्त फन्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा छ ।

चौथो स्थानमा रहेको सिद्धार्थ इक्विटी स्किमको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा छ । पाँचांैमा लक्ष्मी भ्यालु फन्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा छ । एनआईबीएल समृद्धि फन्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ १० पैसा छ ।

यीबाहेक अरू सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य अंकित मूल्यभन्दा तल पुगेको छ । धितोपत्र बोर्डमा अझै दुई सामूहिक लगानी कोषले एकाइ बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आईएमई ब्यालेन्स फन्ड र एनआईबीएल सहभागिता कोषले आवेदन दिएका हुन् ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?