कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एनआईसी बैंकको कामु प्रमुख कार्यकारीमा न्यौपाने नियुक्त

काठमाडौँ — एनआईसी एशिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । 

एनआईसी बैंकको कामु प्रमुख कार्यकारीमा न्यौपाने नियुक्त

प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिएको राजीनामा स्वीकृत गर्दै शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सूचना अधिकारी सुधीरनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । न्यौपाने यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनी प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशियाबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।


प्रकाशित : चैत्र २, २०७४ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?