कारोबार रकम २८ प्रतिशतले घटयो

साताको सेयर

काठमाडौँ — गत साताको तुलनामा यो साता सेयर कारोबार करिब २८ प्रतिशतले घटेको छ । गएको साता ४ दिन मात्र कारोबार भएको बजारमा यो साता पाँचै दिन सेयर किनबेच भएको थियो । बजार खुलेको दिन धेरै भए पनि दैनिक कारोबार रकम न्यून रहेकाले कुल साप्ताहिक कारोबारमा पनि कमी आएको हो ।

कारोबार रकम २८ प्रतिशतले घटयो

यो साता बजारमा १७ हजार २ सय ८७ कारोबारबाट १ सय ७४ कम्पनीका ३३ लाख ३९ हजार १ सय ६० कित्ता सेयर खरिद–बिक्री भए । ती खरिद–बिक्रीबाट १ अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार रकम गत साताको भन्दा २७.९२ प्रतिशत कम हो । गत साता १ सय ७१ कम्पनीका ४७ लाख ९३ हजार १ सय २० कित्ता सेयर कारोबार हुँदा १ अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ परिचालन भएको थियो ।


साप्ताहिक कारोबारमा नेप्से परिसूचक करिब २७ अंकले घटयो । साताको पहिलो दिनको तुलनामा यस्तो परिसूचक ४.२७ अंकले बढेको देखिन्छ । आइतबार १ हजार २ सय ८४.०९ मा रहेको नेप्से बिहीबार १ हजार २ सय ८८.३६ विन्दुमा पुगेको छ । साताभरको कुल कारोबारमा बैंकिङ समूहको अंश करिब ४६ प्रतिशत छ । गत साताको तुलनामा कारोबार हिस्सा करिब ९ प्रतिशत विन्दुले बढेको हो ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?