नेप्से वर्षकै न्यून विन्दुमा

काठमाडौँ — सेयर बजारमा घट्ने क्रम नरोकिएपछि सोमबारसम्म नेप्से परिसूचक १ हजार २ सय ७० विन्दु नजिक ओर्लेको छ । यो पनि करिब एक वर्षयताकै न्यून हो ।

नेप्से वर्षकै न्यून विन्दुमा

सोमबार नेप्से परिसूचक ८.४४ अंकले घटेर १ हजार २ सय ७०.५२ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६६ प्रतिशतले कम हो ।


उक्त दिन कारोबार भएको आधा घण्टासम्म बढेको बजार त्यसपछि घट्न सुरु भएको थियो । त्यो क्रम अन्त्यसम्म पनि जारी रहयो । कारोबार आएकामध्ये ३ वटा समूहको परिसूचक बढे बाँकी सातवटा समूहको परिसूचक घटे । सोमबार व्यापार समूहको परिसूचकमा ०. ६५, ‘अन्य’ समूहको परिसूचक ०.४९ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०८ प्रतिशतले सकारात्मक रहे ।


तर, होटल समूहको परिसूचक १.७, जलविद्युत्को १.४५, बैंकिङको ०.७८, बिमाको ०.८१ र लघुवित्त समूहको परिसूचक ०.७५ प्रतिशतले घटे । दिनभरको व्यापारमा करिब साढे ३ हजार कारोबारबाट १ सय ५२ कम्पनीका ७ लाख ९१ हजार ९ सय ९४ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ६२ करोड ६२ लाख रुपैयाँ परिचालन भयो ।


सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि खुम्चिएर १४ खर्ब ८७ अर्ब रुपैयाँमा सीमित भयो । बैंक तथा वित्तीय संस्थामा तरलता समस्या समाधान हुन नसकेको, यही कारण ब्याजदर घट्न नसकेको, रेमिटयान्स आप्रवाह घटेकोलगायत असर सेयर बजारमा पनि परेकाले नेप्से बढ्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् ।

प्रकाशित : चैत्र ६, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?