कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतेधान रोपाइँको चटारो

रासस

चितवन — जिल्लाको पूर्वी क्षेत्रमा चैतेधान लगाउने चटारो सुरु भएको छ । उत्पादन पर्याप्त हुने भएपछि सिञ्चित क्षेत्रमा कृषक चैतेधान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैतेधान लगाउन सुरु गरिएको छ ।

चैतको पहिलो साताबाट चैतेधान रोप्न सुरु गरिन्छ । असार महिनामा चैतेधान भित्र्याउने गरिन्छ । जिल्लामा गत वर्ष पाँच हजार हेक्टरमा चैतेधान लगाउँदा २२ हजार ५ सय टन उत्पादन भएको थियो । नब्बे प्रतिशत भू–भागमा हर्दिनाथ एक जातको धान लगाइने लामिछानेले बताए । अन्य भागमा चैते २, चैते ४, बीआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका हुन् ।

वर्षे धान एक हेक्टरमा तीन टनको हाराहारीमा उत्पादन हुन्छ । चैतेधान एक हेक्टरमा ४.५ टन उत्पादन हुन्छ । साना कृषि सहकारी संस्था बछौलीका सदस्य रामहरि दाहाल उत्पादन पर्याप्त हुने भएपछि चैतेधानतर्फ किसानको आर्कषण बढेको बताउँछन् । जिल्लामा २९ हजार २ सय हेक्टरमा वर्षे धान लगाइन्छ । गत वर्ष ९७ हजार ५ सय टन वर्षे धान उत्पादन भएको थियो । वर्षे धान लगाउने क्षेत्र बढाउन नसकिने भए पनि सिाचाइको सुविधा पुर्‍याउन सकेमा चैतेधान रोप्ने क्षेत्र बढाउन सकिने विज्ञहरू बताउँछन् ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?