कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पाल्पामा छुर्पी बनाउन सुरु

रासस

पाल्पा — रामपुर नगरपालिकामा छुर्पी बनाउन सुरु भएको छ । रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन सुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ ।

रामपुरमा सञ्चालित अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको उत्पादन सुरु गरेका हुन् । यहाँ उत्पादन भएको छुर्पी स्थानीय बजार तथा चितवनसम्म खपत हुने गरेको अमृत दुग्ध भण्डारका सञ्चालक गणेश आचार्यले बताए । ‘जिल्ला बाहिरबाट पनि माग आउन थालेको छ,’ उनले भने । छुर्पी प्रतिकिलो ९ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । रामपुरमा छुर्पी उत्पादन हुन थालेपछि कृषकको दूध सहजै बिक्री हुन थालेको छ ।

छुर्पी बनाउनका लागि निकालिएको क्रिमबाट घिउ पनि उत्पादन गर्न सकिने हुँदा व्यवसायीले मनग्ये आम्दानी गर्न थालेका रामपुर डेरी उद्योगका सञ्चालक धनञ्जय ढुंगाना बताउँछन् । ‘दुग्ध व्यवसायीले छुर्पी उत्पादन सुरु गरेपछि रामपुर बजारमा दूध बिक्रीको समस्या हटेको छ,’ उनले भने ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?