कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङ एस ९ र एस ९ प्लस बिक्री सुरु

काठमाडौँ — सामसङले चैत ९ गतेदेखि प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस ९ र एस ९ प्लस वितरण सुरु गरेको छ ।

सामसङ एस ९ र एस ९ प्लस बिक्री सुरु

ग्यालक्सी एस ९ र एस ९ प्लस नेपाली बजारमा क्रमश: १ लाख ४ हजार ९ सय र ९२ हजार ९ सय पर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा पाँच हजारको क्यास ब्याक अफर पनि रहेको जनाइएको छ । लाइल्याक पर्पल, कोरल ब्लु र मिडनाइट ब्ल्याक गरी तीन रङमा मोडल उपलब्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : चैत्र १४, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?