२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चीनले बढायो अमेरिकी सामानको भन्सार महसुल

एपी

बेइजिङ — व्यापार र औद्योगिक नीतिबारे वासिङगटनसँग बढदो विवादकै बीच चीनले सोमबार ३ अर्ब डलर बराबरको अमेरिकी पोर्क, फलफूल र अन्य उत्पादनहरूको भन्सार महसुल बढाएको छ ।

चीनले बढायो अमेरिकी सामानको भन्सार महसुल

चिनिया राष्ट्रपति सि जिनपिङको सरकारले यो निर्णय स्टिल र आलम्युनियममाथि अमेरिकी भन्सार शुल्क वृद्धिको जवाफ दिनका लागि गरिएको जनाएको छ ।

वासिङगटन र बेइजिङबीच जारी पछिल्लो विवादले युरोप र जापानलगायतका आर्थिक मोडलमा काम गर्ने मुलुकमाथि समेत ठूलो तनाव सिर्जना भएको छ । ती मुलुकले एक अर्काका उत्पादनमाथि थप अवरोध सिर्जना गर्ने खालको भएको प्रतिक्रियासमेत दिएका छन् ।

बेइजिङले अमेरिकी पोर्क (सुँगुरको मासु) र आलम्युनियममा २५ प्रतिशत, स्पार्कलिङ वाइन, तेल र ग्यास कम्पनीहरूले प्रयोग गर्ने स्टिल पाइप तथा स्याउ, ओखर र अंगुरलगायतका वस्तुमा १५ प्रतिशत भन्सार शुल्क लगाएको छ । सन् २०१७ मा अमेरिकी फर्महरूले चीनमा २० अर्ब डलर बराबारको निर्यात गरेका थिए । त्यसमा पोर्क उत्पादन मात्रै १ दशमलव १ अर्ब अमेरिकी डलर बराबरको थियो ।

पूर्वानुमानकर्ताहरूले बेइजिङको सोमबारको कदमको प्रभाव सीमित हुुनुपर्ने जनाएका छन् ।

लगानीकर्ताहरू भने अन्य सरकारले आयातमाथिको अवरोध दबाब दिनुपर्ने औंल्याएका छन् । उनीहरूले विवादलाई साम्य पार्न सकिए विश्ववापी अर्थतन्त्र पहिलेकै ठाउँमा आउन सक्ने प्रतिक्रियासमेत दिएका छन् । बेइजिङको निर्णय सार्वजनिक भएलगत्तै सोमबार टोकियो र सांघाईको मुख्य सेयर बजारको तल झरेको छ ।

डीबीएस समूहका अर्थशास्त्री टिमुर बैगले भने, ‘भन्सार वृद्धि स्वागतयोग्य छैन, यसले नकारात्मक संकेत दिएको छ ।’ सोमबार भन्सार शुल्कमा वृद्धिले अमेरिकी कृषि फर्म बढि भएका राज्यहरू प्रभावित हुने निश्चित छ । ती राज्यमध्ये धेरैले ट्रम्पलाई सन् २०१६ मा मतदान गरेका थिए । अमेरिकाले चिनियाँ कम्पनीहरूले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै त्यहाको उत्पादनमाथि कडाइ गर्ने निर्णय गरेपछि दुई मुलुकबीच तनाव सिर्जना भएको हो । यसको प्रभाव विश्व अर्थतन्त्रमा तत्कालै पर्न सक्ने सम्भावना विज्ञहरूले औंल्याएका छन् ।

प्रकाशित : चैत्र २०, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?