कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कसले मगाउँदै छ ५ करोड केजी चिनी ?

सुरेश न्यौपाने

नयाँदिल्ली — अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण देखाउँदै चिनी मिलहरूले उखु किसानलाई भुक्तानी दिन आलटाल गरिरहेका बेला तेस्रो मुलुकबाट चिनीको आयात भने ह्वात्तै बढेको छ ।

कसले मगाउँदै छ ५ करोड केजी चिनी ?

पछिल्लो समय नेपालका सबैजसो भन्सार नाकाबाट चिनीको आयात बढेको तथ्यांकहरूले देखाएको छ । आयात अस्वाभाविक रूपमा बढेको भन्दै सरकारले ४ वैशाखमा भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याएको छ ।


तर, सरकारले उक्त निर्णय गर्नुअघि नै नेपालका लागि भन्दै चिनीका सयौं कन्टेनरहरू तेस्रो मुलुकबाट छुटिसकेका छन् । पछिल्लो समय विशेष गरी पाकिस्तान लगायत तेस्रो मुलुकबाट चिनीको आयात अप्रत्याशित रूपमा बढेको देखिन्छ । नेपालका लागि भारतको कोलकाता बन्दरगाहमा ठूलो परिमाणमा चिनी आइपुगेको छ । स्रोतका अनुसार अहिले चिनीले भरिएका


करिब २२ सय कन्टेर कोलकाता बन्दरगाह हुँदै भित्रिने क्रममा छन् । जसमध्ये ८ सय कन्टेनर कोलकातास्थित भन्सार परिसरमा रहेका छन् । प्रत्येक कन्टेनरमा औसत २५ टनको हिसाब गर्दा २२ सय कन्टेनरबाट ५५ हजार टन अर्थात् ५ करोड ५० लाख केजी चिनी केही दिनमै नेपाल भित्रिनेछ ।


अन्तर्राष्ट्रिय बजारमा चिनीको भाउ ओरालो लाग्दै गएपछि नेपाली व्यवसायीहरूले चिनी आयात बढाएको सरकारी अधिकारीहरूको दाबी छ । तर, अहिलेसम्म एकै पटक यति ठूलो परिणाममा नभएको ती अधिकारीहरूले बताए र उनीहरू आफैंसमेत आश्चर्यमा परेका छन् । ‘देशभित्र चिनी बढी उत्पादन भयो भनेर किसानहरूले उखुको भाउ नपाउने अर्कोतर्फ कहिल्यै नभएको परिमाणमा चीन आयात हुनु आफैंमा उदेकलाग्दो घटना हो,’ एक सरकारी अधिकारीले बताए ।


गत फागुनमा भारतले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न भन्दै चिनीको भन्सारमा शतप्रतिशत वृद्धि गरेको थियो । साथै दुई साताअघि मात्र चिनी निर्यातमा लाग्दै आएको २० प्रतिशत भन्सार पनि हटाउने निर्णय गरेको थियो ।

प्रकाशित : वैशाख ६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?