कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी हेलिकप्टर कम्पनी १० पुगे

काठमाडौँ — नेपालमा निजी क्षेत्रको लगानीमा चार्टर उडान सेवा प्रदान गर्ने हेलिकप्टर (फिक्सड विङ) कम्पनी १० वटा पुगेका छन् । 

निजी हेलिकप्टर कम्पनी १० पुगे

नागरिक उड्डयन प्राधिकरणबाट गएको चैत ९ गते वायुयान सञ्चालन अनुमति (एओसी) पाउने कैलाश हेलिकप्टर सर्भिस प्रालि १० औं हेलिकप्टर सञ्चालन गर्ने कम्पनी भएको छ । १९ वर्षअघि चार्टर उडान गर्ने श्रीएयर निजी क्षेत्रको पहिलो हेलिकप्टर कम्पनी थियो ।


कैलाशले ३० करोड लगानीमा फ्रान्सेली कम्पनी एयरबस कम्पनीका दुइटा क्रमश: बी थ्री ई र बी टु हेलिकप्टर सञ्चालनमा ल्याएको छ । बीथ्री ई ब्रान्ड न्यु हो भने बी टु नेपाली कम्पनीबाट खरिद गरिएको हो ।


यो कम्पनीका आठजना लगानीकर्तामध्ये हेलिकप्टर पाइलट आशिष शेरचन (अध्यक्ष) र बैंकर प्रतापजंग पाण्डे (प्रबन्ध निर्देशक) मुख्य हुन् । प्रबन्ध निर्देशक पाण्डेका अनुसार कैलाशले हेलि चार्टरअन्र्तगत बिरामी उद्धार, कर्पोरेट फ्लाइट, हयुमन कार्गो स्लिङ अपरेसन, हाई अल्टिच्युड अपरेसन, एरियल सर्भे, एरियल साइट सिन, माउन्टेन फलाइट, स्पेसल एड्भेन्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ, प्राकृतिक प्रकोप उद्धार आदि सेवा छन् ।


प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट््यान्डर्ड विभागका अनुसार निजी क्षेत्रको लगानीमा अहिले २९ वटा हेलिकप्टर सञ्चालनमा रहेका छन् । सबैभन्दा धेरै हेलिकप्टर सञ्चालन गर्नेमा एयर डाइनेस्टी र श्रीएयर छन् ।


यी दुई कम्पनीसँग ५/५ वटा हेलिकप्टर रहेको विभागको तथ्यांकले जनाएको छ । सबैभन्दा कम एउटा मात्रै हेलिकप्टर सञ्चालन गर्नेमा माउन्टेन हेलिकप्टर प्रालि रहेको छ । विभागका अनुसार सिम्रिकले ४, प्रभु र फिसटेलले ३/३, मनाङ, कैलाश, हेली एभरेस्ट, अल्टिच्युटसँग २/२ वटा छन् ।


त्यसैगरी स्पोर्टस एभिएसनअन्तर्गत चारवटा कम्पनी छन् । विभागका अनुसार पोखरामा रहेर पर्यटकीय सेवामा केन्द्रित हुनेमा एभिया क्लब, फिसटेल अल्ट्रालाइटस, पोखरा अल्ट्रालाइट र हेलि एयर नेपाल छन् । यी कम्पनीसँग १४ वटा साना स्पोटर्स अल्ट्रालाइट वायुयान रहेका छन् ।

प्रकाशित : वैशाख १०, २०७५ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?