कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आर्थिक वृद्धिदर ५.८९ प्रतिशत, प्रतिव्यक्ति आय १ लाख नाघ्यो 

यज्ञ बञ्जाडे

काठमाडौँ — यसवर्ष मुलुकको अर्थतन्त्र झण्डै ६ प्रतिशतले विस्तार हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको हो ।

आर्थिक वृद्धिदर ५.८९ प्रतिशत, प्रतिव्यक्ति आय १ लाख नाघ्यो 

वर्तमान सरकारले बजेटको मध्यावधि समीक्षामा प्रक्षेपण गरेको भन्दा यो वृद्धिदर ०.११ प्रतिशत विन्दुले कम हो । चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा ६ प्रतिशतको वृद्धि अपेक्षा गरिएको थियो ।


गतवर्ष ६.९ प्रतिशतले बढेको कुल गार्हस्थ उत्पादन (जीडीपी) यसवर्ष पनि तुलनात्मक रुपमा उच्च रहेपछि प्रतिव्यक्ति आय समेत बढेको विभागको भनाइ छ ।


नेपालीहरुको प्रतिव्यक्ति आय यसवर्ष एक हजार डलर नाघेको छ । यो हालसम्मकै उच्च हो । तथ्यांकअनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १ हजार १२ अमेरिकी डलर (करिब १ लाख १२ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यो प्रतिव्यक्ति ८ सय ७७ डलर थियो ।


यो वर्ष अर्थतन्त्रको आकार पनि बढेर ३० खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा कुल जीडीपी २६ खर्ब रुपैयाँ थियो ।

प्रकाशित : वैशाख १२, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?