अर्थ / वाणिज्य
वैशाख १८, २०७५

सोलार प्लान्ट बनाउन प्रस्ताव माग

एसियाली विकास बैंक (एडीबी) को २ अर्ब  रुपैयाँ (२० मिलियन डलर) सहयोग रहने सोलार प्लान्ट निर्माणका लागि नेपाल विद्युत् प्राधिरकणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले कम्तीमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट निर्माणका लागि प्रस्ताव माग गरेको हो । यो सोलार आयोजनाबाट प्राधिकरणले किन्ने बिजुलीमा एडीबीले सहुलियत दिनेछ ।

चार जलविद्युत् आयोजनाको उत्पादन दुई वर्षभित्र

रसुवा र नुवाकोटमा निर्माणाधीन २ सय २८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले दुई वर्षभित्रै उत्पादन थाल्ने गरी काम अघि बढाएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, १ सय ११ मेगावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कृषि कार्यक्रम १५% मात्र लागू

सरकारले किसानको हित र कृषि उत्पादन बढाउन महत्त्वाकांक्षी कार्यक्रम अघि सारे पनि कार्यान्वयन भएको छैन । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सरकारले बजेटमार्फत घोषणा गरेका कृषिका कार्यक्रममध्ये १५ प्रतिशत मात्रै कार्यान्वयनमा आएका छन् ।

२८ बैंकको कमाइ ३६ अर्ब

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ वाणिज्य बैंकहरूले ३६ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.४५ प्रतिशत बढी हो । गत वर्ष बैंकहरूको खुद नाफा ३१ अर्ब ४० करोड रुपैयाँ थियो ।

ADVERTISEMENT

नयाँ पारिश्रमिक तोकिँदै

नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक तोक्ने गृहकार्य सुरु भएको छ । बाध्यकारी कानुन भएकाले सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति बनाउने प्रक्रिया सुरु गरेको हो ।

वैशाख १७, २०७५

तरकारी कृषक घट्दै, व्यापारी बढ्दै

हेम्जाका केशव त्रिपाठी हरेक दिन विहानै शान्तिवनस्थित तरकारी तथा फलफूलको थोक बजारस्थल पुग्छन् । दिनदिनै संकलन हुने तरकारी लिएर भ्यानसँगै बजार आइपुग्ने उनी आफैँ किसान पनि हुन् । 

बजेट छलफल तीव्र

आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले बजेट छलफल तीव्र बनाएको छ । हालसम्म २१ मध्ये ५० प्रतिशतभन्दा बढी मन्त्रालयहरूको छलफल सकिएको मन्त्रालयले जनाएको छ ।

अन्न उत्पादनको क्षेत्रफल घट्दो

अन्नबाली उत्पादनको क्षेत्रफल ८९ हजार हेक्टरले घट्ने देखिएको छ । खेतीयोग्य जमिन प्लटिङसँगै किसान अन्य बालीतर्फ आकार्षित भएपछि अन्नबालीको क्षेत्रफल घट्ने अनुमान कृषि मन्त्रालयले गरेको हो । मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा अन्नबालीको क्षेत्रफल ८९ हजार ३ सय ३१ हेक्टर घट्नेछ ।

निगमको उडानप्रति मन्त्रीलाई विश्वास छैन

हवाई यात्रासँग सरोकार राख्ने प्रायलाई कुन एयरलाइन्सको, कुन गन्तव्यमा, कति बजे फ्लाइट हुन्छ ? भन्नेबारे जानकारी हुन्छ । त्यसैअनुसार सर्वसाधारणले आफ्ना निजी कार्यक्रमलाई उडान तालिकासँग जोडिरहेका हुन्छन् ।

कतारमा आईएलओ

नेपालीसहित आप्रवासी कामदारका उजुरी लिन पाउने गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यालय कतारमा आइतबार स्थापना भएको छ । आप्रवासी कामदारको बाहुल्य रहेको खाडीका ६ देशमध्ये कतारमा मात्रै आईएलओको कार्यालय सञ्चालन भएको हो ।

गहुँमा कार्टेलिङ

खाद्यान्न व्यापारीको कार्टेलिङका कारण यहाँका किसानले चार वर्षदेखि गहुँको मूल्य बढाउन पाएका छैनन् । सरकारले समेत गहुँको मूल्य निर्धारण नगर्दा किसान मर्कामा परेका छन् ।