कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत् 

पेट्रोलमा दुई, डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि

काठमाडौँ — आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि मूल्य बढाइएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।’

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत् 

गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०/९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय ६ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मटितेल ८७ रुपैयाँ थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको प्रवक्ता गोइतले बताए ।


निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ । नयाँ मूल्य समायोजनपश्चात् निगमको अर्ध मासिक नाफा १० करोड ५५ लाख रुपैयाँ छ । यसअघि निगमको नाफा २१ करोड २३ लाख रुपैयाँ थियो ।


आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।

प्रकाशित : वैशाख १९, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?