२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

भारतीय कस्टमले आईसीपीमा समस्या

पर्सा — भारतीय कस्टमका अधिकारी रक्सौल आईसीपीमा ढिलो गरी आउँदा समस्या भएको छ । उनीहरू साँझ ५ बजेपछि मात्रै आईसीपीमा बस्दा समस्या देखिएको हो ।

भारतीय कस्टमले आईसीपीमा समस्या

आईसीपीमा भारतीय कस्टम अधिकारी ढिलो बस्ने गर्दा हाल दैनिक ९० को हाराहारीमा सवारी साधन भारतीय कस्टमले छोड्ने गरेको छ ।

त्यसमा पनि इन्धनका टयांकर र बुलेट मात्र बढी हुने गरेको इन्टरमोडल यातायात विकास समितिको आईसीपी हेर्ने अधिकृत हेमेन्द्रमोहन शाहीले बताए । भारतीय राजदूत मन्जिभसिंह पुरीले आईसीपीको निरीक्षण गरेका छन् । शाहीका अनुसार राजदूत पुरीले हाल आईसीपी सञ्चालनका विधि तथा यहाँ रहेका समस्याबारे जानकारी लिएको बताए ।

उनले भने, ‘भारतीय कस्टम अधिकारीहरू कार्यालय समयमा दिनभरि बस्ने हो भने दैनिक ३ सयदेखि ३ सय ५० सवारी साधन भारततर्फबाट नेपालको आईसीपीमा भित्रिन सक्ने कुरा पनि हामीले अवगत गरायौं ।’ यसबाहेक भारतीय आईसीपीमा विभिन्न शुल्क चर्को भएकाले पनि आयातकर्ता यो नाकाबाट नेपाल आउन अनिच्छुक भइरहेको जानकारी पनि राजदूत पुरीलाई गराइएको शाहीले बताए । पुरीसँग वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत भीसी प्रधान, वीरगन्ज भन्सार तथा आईसीपी भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेललगायत पनि रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?