पशुपालन आर्थिक समृद्धिको महत्वपूर्ण पाटो : सभामुख

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन् । भेटेनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा उद्घाटन गरेपछि सभामुख महराले नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै कृषि क्षेत्र पशुपालन र भेटेनरी सेवासँग अभिन्न रुपमा गाँसिएको बताए ।

पशुपालन आर्थिक समृद्धिको महत्वपूर्ण पाटो : सभामुख

उनले देशको आर्थिक मेरुदण्डको एउटा पाटोको रुपमा भेटेनरले गरिरहेको काम र सेवाको निरन्तरताका लागि आग्रह गरे ।


३० वर्षअघि आफू पनि किसान भएको स्मरण गर्दै सभामुख महराले त्यतिबेला रोल्पामा कल्याण गाइपालन समूह स्थापना गरेर पशुपालन सुरु गरेको बताए । विगतमा गाई पालेको रोल्पाको आफ्नो जग्गाजमिन १० वर्षअघि नि:शुल्क रुपमा पोलिटेक्निकल कलेजका लागि दिएको भन्दै उनले गत वर्षदेखि त्यहाँ एनिमल साइन्सको पढाइ सुरु भएको बताए । देशका प्रत्येक किसान परिवारको न्यूनतम आयआर्जनको क्षेत्र पशुपालन क्षेत्र बनेको उनले उल्लेख गरे । सभामुख महराले हरेक परिवारलाई आर्थिक रुपमा सक्षम बनाउन सके मात्रै नेपालको आर्थिक समृद्धि सम्भव हुने बताए ।


कृषि, पशुपालन र भेटेनरी सेवासम्बन्धी कतिपय कानुनहरु नहुँदा काम गर्न अप्ठ्यारो भन्दै उनले कानुन निर्माणतर्फ तदारुकता दिन सरकारलाई आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?