कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ — सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटयो । अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटे पनि नेप्से परिसूचक १ हजार ३ सय १८.२२ विन्दुमा बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढे । बाँकी सबै समूहको परिसूचक घटे । 

दोहोरो अंकले घट्यो नेप्से

बिहीबार उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.४९ प्रतिशत र व्यापार समूह १.४७ प्रतिशतले बढे । तर, लघुवित्त समूहको परिसूचक १.९ प्रतिशत र बिमा समूहको परिसूचक ०.९१ प्रतिशतले घटे । यसैगरी बैंकिङ समूहको परिसूचक ०.६६, होटलको ०.२५, विकास बैंकको ०.९५, जलविद्युत् ०.७७ र ‘अन्य’ समूहको परिसूचक ०.६३ प्रतिशतले ऋणात्मक रहे ।


दिनभरको कारोबारमा करिब साढे ४ हजार व्यापारमा १ सय ६१ कम्पनीका ७ लाख ९१ हजार ७ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल बजार पुँजीकरण पनि घटेर १५ खर्ब ४७ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?