कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अलैंची नीति लागू गर्न माग

तेह्रथुम — किसान र व्यवसायीले अलैंची विकास बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । अलैंची खेतीमा थुप्रै सम्भावना भए पनि समस्या समेत उत्तिकै देखा परेको भन्दै किसानले समस्या समाधानका लागि छुट्टै स्वायत्त निकाय गठनको माग गरेका हुन् ।

अलैंची नीति लागू गर्न माग

अलैंची खेतीका समस्या समाधानका लागि सरकारीस्तरबाट अलैंची विकास बोर्ड गठन भए समस्या समाधान हुने किसान र व्यापारीसमेतले आशा गरेका छन् ।

अलैंची खेतीमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा र जनावरको संक्रमण नियन्त्रण, बजार व्यवस्थापन, खेती प्रविधिको अनुसन्धान, स्थिर मूल्य, बाली बिमा तथा बिनाधितो ऋणलगायत व्यवस्थासहित अलैंची विकास बोर्ड गठन गरिनुपर्ने उनीहरूको माग छ । अलैंची खेतीबाट पर्याप्त आम्दानी हुने आशाले धान, मकै फल्ने खेतबारी मासेर अलैंची खेतीमा लागेका किसान पछिल्लो समय अलैंचीको मूल्यमा भारी गिरावट आएपछि निराश छन् । व्यावसायिक अलैंची खेतीमा लागेका किसानका लागि सरकारले पर्याप्त कार्यक्रम ल्याउन नसकेको फेदाप गाउँपालिका–२ को लालीगुराँस अलैंची कृषक समूहका सचिव नारायण भट्टराईले आरोप लगाए ।

एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन दिने भएकाले अलैंची खेती प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने लालीगुराँस नगरपालिका–९ को केप्छाकी नर्सरी उद्योगका सञ्चालक टेकबहादुर केप्छाकीले बताए ।किसानले अलैंची बालीमा बिमाको सुविधा आवश्यक रहेको समेत औंल्याएका छन् । अलैंची खेतीतर्फ युवा पुस्ताको आकर्षण बढाउन सरकारले बिनाधितो ऋणको व्यवस्था गरी लगानीको वातावरण सिर्जना गरिदिनु पर्ने लालीगुराँस नगरपालिका–४ फुलेकका किसान योगेन्द्र कार्कीले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?