कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पतंजली टेलिकम व्यवसायमा

एजेन्सीहरू

काठमाडौँ — भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतंजली टेलिकम क्षेत्रमा प्रवेश गरेको छ । एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स) क्षेत्रमा एउटा ब्रान्ड बनिसकेको पतंजलीले भारतीय सरकारी टेलिकम कम्पनी भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) सँग सहकार्य गर्दै सिमकार्ड ल्याएको छ ।

पतंजली टेलिकम व्यवसायमा

बीएसएनएलसँग यसबारे सम्झौता भएपछि कम्पनीले ‘स्वदेशी समृद्धि सिमकार्ड’ ल्याउने घोषणा गरेको हो । पतंजलीले आफ्नो यो सिमकार्ड लिने ग्राहकका लागि केही प्याकेजसमेत ल्याएको छ ।

जसअन्तर्गत सिमकार्ड लिने ग्राहकले दैनिक दुई जीबीका साथ स्वास्थ्य बिमा र जीवन बिमाको सुविधा प्राप्त गर्नेछन् । कम्पनीले पतंजली सिमकार्ड प्रयोगकर्ताको २ लाख ५० हजार (भारु) को स्वास्थ्य बिमा र ५ लाख (भारु) को जीवन बिमा गरिदिने जनाएको छ । बिमाको यो राशि सडक दुर्घटनामा मात्रै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पतंजलीका अनुसार पहिलो चरणमा आफ्ना कर्मचारीहरूलाई सिमकार्ड उपलब्ध गराइनेछ । त्यसपछि सर्वसाधारणका लागि खुला गरिनेछ । सिमकार्डमा कम्पनीले केही अफरसमेत ल्याएको छ । ‘पतंजली स्वदेशी समृद्धि सिमकार्ड’ खरिद गरेका ग्राहकले कम्पनीका सबै उत्पादनहरूको खरिदमा १० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?