कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

४ अर्ब ९० करोडको फेरारी !

एजेन्सी

काठमाडौँ — दुई महिनापछि हुने लिलामीमा एउटा कारले ४ करोड ५० लाख अमेरिकी डलर (४ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ) मूल्य पाउने अनुमान गरिएको छ ।

४ अर्ब ९० करोडको फेरारी !

चर्चित इटालेली कम्पनीद्वारा निर्मित रेसिङ कार ‘१९६२ फेरारी २५० जीटीओ’ को यसै वर्षको अगस्टमा अमेरिकाको क्यालिफोर्नियामा लिलामी हुँदै छ । अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ ले उक्त कार सर्वाधिक महँगो र पुरानो मोडलमध्येको एक रहेको जनाएको छ । सार्वजनिक रूपमा बिक्री हुने उक्त कारलाई सबैभन्दा महँगो रेसिङ कारका रूपमा प्रस्तुत गरिन लागेको हो । लिलामीकर्ता आरएम सोथबीले भनेको छ, ‘चर्चित इटालेली कार कम्पनीद्वारा निर्मित २५० जीटीओ मोडलको रातो फेरारी मात्र ३६ नमुनामध्येको एक हो ।’

रोयटर्सका अनुसार आगामी अगस्ट २४–२५ मा क्यालिफोर्नियाको पेबलमा हुने वार्षिक ‘कोन्सोर डी इलिग्यान्स मोटरिङ’ सप्ताहमा उक्त कारको लिलामी हुने भएको हो । यो कारले १९६२ को इटालेली राष्ट्रिय जीटी च्याम्पियनसिप र त्यही वर्ष नौवटा अन्य रेस जित्न सफल भएको थियो । लिलामीकर्ताले भनेका छन्, ‘२००० देखि अमेरिकी कार कलेक्टर र न्युमेरिक्स सफटवेयर कम्पनीका अध्यक्ष ग्रेग हवीटनले यो कारमाथि आफ्नो स्वामित्व कायम गर्दै आएका छन् ।लिलामीपछि उनको स्वामित्व समाप्त हुनेछ ।’ आरएम सोथबीका कार विशेषज्ञ सेल्बी मायर्सले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘जीटीओ अनिवार्य झैं अन्तिम सत्यका रूपमा सडकमा दौडेको थियो, त्यस ताका उक्त कारले एउटा आफ्नो क्षेत्रमा युगको अन्त्यलाई संकेत गरेको थियो, त्यस्ताका चालकहरू फोहरी हातमा भेटिन्थे । तर, त्यो एउटा अन्तिम रेसिङ कार बन्यो, जसलाई तपाईले आफ्नो ग्यारेजमा पार्क गरेर राख्न सक्नुहुन्थ्यो, चालकले सडकमा ल्याउँथे र दौड जितेपछि घर पुर्‍याउँथे । बाँकी त्यसको कुनै उपयोगिता थिएन ।’

ह्वीटनले यो कारको बिक्रीको निर्णय किन गरे ?
रेसिङ कारहरूमध्ये चर्चित फेरारीबाट रेकर्ड बन्ने सक्ने सम्भावना उत्तिकै छ । रेकर्ड बनाउनकै लागि ह्वीटनले कार बेच्न लागेको अनुमान धेरैले सहजै लगाएका छन् । यसो त सबैभन्दा महँगो कारका लागि लिलामीको रेकर्ड सन् २०१४ मा कायम भएको थियो । त्यो वर्ष ‘१९६२ फेरारी २५० जीटीओ’ ३८ दशमलव १ मिलियन डलरमा बेचिएको थियो ।

सन १९५३ देखि १९६४ का बीच फेरारीको यो मोडल मात्र ३६ वटा उदाहरणमध्येको एक हो । हालैका वर्षहरूमा यति महँगो रेस कार बनेको छैन । सबैभन्दा महँगो कारको लिलामी सन् २०१४ मा भएको थियो । त्यो वर्ष बोन्हयाम्समा १९६३ संस्करणको ३८ दशमलव १ मिलियन डलरमा लिलामी भएको थियो । जुन एउटा रेकर्ड नै हो ।

सोथवीका अनुसार यसै वर्षको सुरुमा १९६३ भर्सनको अर्को कार ७० मिलियन डलरमा एउटा निजी कारोबारीले खरिद गरेका थिए । फेरारी अझै पनि धेरै कार संग्रहकर्ताका लागि सुनौलो वस्तुकै रूपमा लिने गरिएको देखिन्छ । नाइट फ्रयांक लक्जरी इन्भेस्टमेन्ट इन्डेक्सका अनुसार मार्च अन्त्यसम्मको १२ महिना अवधिमा यो क्याटोगरीको कारको मूल्य १ प्रतिशतले घटेको थियो । विगतको दशकमा भने यो वर्गमा पर्ने कारको मूल्य २ सय ८८ प्रतिशतले बढेको छ । मूल्य बढे पनि यो कारप्रतिको आकर्षक अझै घटेको छैन ।

प्रकाशित : असार ११, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?